शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

यसकारण बढ्दै छ जलविद्युत समूहमा सेयर हिस्सा

images
बुधबार, फागुन २५ २०७८
images
images
यसकारण बढ्दै छ जलविद्युत समूहमा सेयर हिस्सा
images
images

काठमाडौं- सेयर बजारको क्षेत्रमा सबैभन्दा धेरै सेयर हिस्सा ओगटेको वाणिज्य बैंकको सेयर घट्ने क्रममा रहेको छ। यस्तोमा जलविद्युत समूहको हिस्सा भने बढ्दो क्रममा रहेको देखिएको छ। 

images
images
images

केही अघिसम्म बजार हिस्सामा वाणिज्य बैंक अग्रस्थानमा रहेकोमा विस्तारै वाणिज्य बैंकको सेयर हिस्सा घट्दै जाँदा बीमा, जलविद्युत र माइक्रो फाइनान्स समूहको सेयर हिस्सा बढ्न थालेको हो।

तीन वर्षअघि जलविद्युत समूहको बजार हिस्सा ६ दशमलव ३ प्रतिशत रहेकोमा हाल पुस मध्यसम्म आइपुग्दा १० दशमलव ६ प्रतिशतले वृद्धि भएको छ भने कुल पुँजीकरण चार गुणाले बढेर छ। यसअघि कुल पुँजीकरण एक खर्ब बढी रहेकोमा हाल ४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ।

images

यसरी हेर्दा जलविद्युतको सेयर हिस्सा दिनप्रतिदिन बढिरहेको देखिन्छ। लगानीकर्ताहरू पछिल्लो समय जोखिम मोलेर भए पनि छोटो समयमा राम्रो आम्दानी गर्न सकिने कम्पनी खोजिरहेका हुुन्छन्। जसमा जलविद्युत, बीमा, माइक्रो फाइनान्स कम्पनीहरू पहिलो रोजाइमा पर्ने गरेको हुँदा यस समूहहरूको आकर्षणले बजार पुँजीकरणसँगै सेयर हिस्सामा वृद्धि भएको ब्रोकरहरू बताउँछन्।

images

सुरुवाति दिनहरूमा लगानीकर्ता जोखिम हुने डरले पनि बैंक क्षेत्रमा जोखिमको कम हुने हुँदा त्यस क्षेत्रतर्फ लगानी बढाउँथे। तर अहिले विभिन्न सामाजिक सञ्जाललगायत विभिन्न कारणले पनि छोटो समयमा धेरै नाफा कमाउने लगानीकर्ताको संख्या बढ्दो छ। 

केही पैसा हुने व्यक्तिहरू बैंकमा लगानी गर्छन्, बोनस सेयरले दिने केही नाफामा चित्त बुुझाउँछन् तर, अहिले युवा पुस्ता सक्दो छोटो समयमा जोखिम मोलेर नाफा कमाउनेमा केन्द्रित छन्। जसमा बैंकभन्दा बढी अन्य समूहमा आकर्षण देखिनुको कारण रहेको छ।

तीन वर्षअघि वाणिज्य बैंकको सेयर हिस्सा बजारमा ५१ दशमलव ७ प्रतिशतले ओगटेको थियो भने पछिल्लो तीन वर्षमा ३५ प्रतिशतमा आइपुगेको छ। बजार हिस्सा घटेपनि कुल पुँजीकरण भने बढेको छ। अघिल्लो तीन वर्षमा बैंकको कुल पुँजीकरण ८ खर्ब ३३ अर्ब रहेकोमा हाल पछिल्लो समय १४ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी बीमा कम्पनीहरूको पनि अघिल्लो वर्षको तुलनामा सेयर हिस्सा बढेको छ। अघिल्ला तीन वर्षमा बीमा कम्पनीहरूको सेयर हिस्सा १३ दशमलव ३ प्रतिशत रहेकोमा हाल पुससम्म आइपुग्दा कम्पनीहरूको सेयर हिस्सा १५ प्रतिशत पुगेको छ। त्यस्तै कम्पनीको कूल पुँजीकरणमा पनि वृद्धि भएको छ। कम्पनीको अघिल्लो तीन वर्षमा कूल पुँजीकरण दुई खर्ब १३ अर्ब रहेकोमा हाल पुससम्म बढेर ६ खर्ब पाँच अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै आफ्नो सेयर हिस्सा तीब्रगतिमा बढाउँदै लगेको जलविद्युत प्राथमिक सेयर निष्कासनमा पनि जलविद्युत कम्पनीहरूकै बर्चस्व रहेको छ। हाल नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका सेयर निष्कासित कम्पनीहरूमा जलविद्युत समूहका मात्र २० वटा कम्पनीका कूल ५ अर्ब ८ करोड मूल्य बराबरको ५ करोड ८ लाख कित्ता पाइपलाइनमा रहेका छन्।

धितोपत्र बोर्डको प्रारम्भिक समीक्षा अन्तर्गत दशवटा हाइड्रो पावर कम्पनीहरूले सेयर निष्कासनका लागि स्वीकृति मागेका छन्। प्रारम्भिक समीक्षा अन्तर्गत कूल दुई अर्ब ४० करोड १७ लाख बराबरको दुई करोड ४० लाख १७ हजार कित्ता सेयर निष्कासन हुन लागेको हो।

त्यस्तै, बोर्डले प्रारम्भिक अध्ययन र समीक्षा अन्तर्गतमा पनि कम्पनी रहेका छन्। जसमा बोर्डले कम्पनीहरूको पहिलो चरणको अध्ययन गरी कम्पनीहरूलाई आवश्यक विवरण पेश गर्न भनिएको छ। त्यसअन्तर्गत मन्दाकिनी हाइड्रो पावर कम्पनीको पनि १७ करोड ६४ लाख बराबरको १७ लाख ६४ हजार कित्ता सेयर निष्कासनमा आउन लागेको हो।

जवाफ र समीक्षाअन्तर्गत कम्पनीहरूमा आठवटा जलविद्युत कम्पनी रहेका छन्। जसमा कूल दुई अर्ब ५० करोड ५९ लाख मूल्य बराबरको दुई करोड ५० लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेको छन्।


प्रकाशित : बुधबार, फागुन २५ २०७८०५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend