आइतबार, असोज ६ गते २०८१    
images
images

चैत १३ देखि एयर बबल खारेज गर्ने भारत सरकारको निर्णय 

भाडा अझै सस्तो हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २४ २०७८
images
images
चैत १३ देखि एयर बबल खारेज गर्ने भारत सरकारको निर्णय 

एयर बबल कायमै हुँदा सीमित उडान तर माग धेरै थियो। यही कारणले हवाइ भाडा पनि बढेको थियो।

images
images

काठमाडौं- कोरोना महामारिका कारणले सन् २०२० देखि अन्तर्राष्ट्रिय उडानमा कटौति गरेको भारतले उडान खुला गर्ने भएको छ। 

images
images
images

भारत सरकारले मार्च २७ देखि (चैत १३) देखि नियमित अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ। भारतीय नागरिक उड्डयन मन्त्रालयले एक सूचना जारी गर्दै मार्च २७ देखि नियमित व्यावसायिक उडान सुरू गर्ने जानकारी गराएको छ। 

भारत सरकारको यो निर्णयसँगै नेपालसँगको एयर बबल(सीमित उडान) अन्त्य हुने भएको छ। चैत १३ गतेदेखि नेपालबाट भारतीय गन्तव्यमा अनुमति पाएका सबै एयरलाइन्सले नियमित उडान गर्न पाउने भएका छन्। 

अहिलेसम्म तीनवटा एयरलाइन्सले मात्र काठमाडौं-नयाँ दिल्ली उडान गर्दै आएका छन्। यसरी गरिने उडानमा भारतीय र नेपाली यात्रुले मात्र ओहोरदोहर गर्न पाउने व्यवस्था थियो। 

images

एयर बबल कायमै हुँदा सीमित उडान तर माग धेरै थियो। यही कारणले हवाइ भाडा पनि बढेको थियो।

एयर बबल खारेज भएपछि एयरलाइन्सहरूले नयाँ दिल्ली बाहेकका अरु गन्तव्यमा उडान गर्न पाउने छन् भने तोकिएका बाहेक एयरलाइन्सले पनि उडान गर्ने छन्। 

हाल तीनवटा एयरलाइन्स नेपाल एयरलाइन्स, एयर इन्डिया र भिस्तारा एयरले मात्र उडान गर्दै आएका छन्। अब इन्डिगो र स्पाइसजेटले पनि उडान गर्न पाउने छन्।

 


प्रकाशित : मंगलबार, फागुन २४ २०७८१३:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend