बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेष्डोको आईपीओ बाँडफाँट, ७७ हजार ४ सय ५६ ले पाए सेयर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २४ २०७८
नेष्डोको आईपीओ बाँडफाँट,  ७७ हजार ४ सय ५६ ले पाए सेयर

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बाँडफाँट गरेको छ । 

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले मंगलबार साधारण सेयरको बाँडफाँट गरेको हो। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अङ्कित मूल्यमा ८ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण सेयरमा दरखास्त आह्वान गरेको थियो। 

बिक्री प्रबन्धककानुसार आईपिओमा कूल २५ लाख २७ हजार १ सय १ जनाले आवेदन दिएका थिए। त्यसमा ४ हजार १ सय ४६ जनाको आवेदन रद्द भइ बाँकी २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदकमध्ये ७७ हजार ४ सय ५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत सेयर बाँडिएको हो।  

बाँकी तीन कित्ता सेयर २० कित्ताभन्दा धेरै आवेदन दिनेलाई एकएक कित्ताका दरले बाँडिएको क्यापिटलले जनाएको छ।

कम्पनीले निष्काशन गरेको साधारण सेयरमा कूल निष्काशनको पाँच प्रतिशत (४१ हजार ४३७) कित्ता सामूहिक लगानी कोषलाई, जारी पूँजी (२५ करोड ५० लाख रूपैयाँ)को शून्य दशमलव पाँच प्रतिशत (१२ हजार ७५०)कित्ता सेयर कर्मचारीलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले गत फागुन ११ गतेदेखि १५ सम्म आवेदन दिएका थिए।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन २४ २०७८११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend