मंगलबार, मंसिर २५ गते २०८१    
images
images

स्याउ किसानले पाए क्षतिपूर्ति

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २४ २०७८
images
images
स्याउ किसानले पाए क्षतिपूर्ति
images
images

खलङ्गा- जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन्। असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन्।

images
images
images

शखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका १ हजार ४ सय २० स्याउ किसानलाई २ करोड ७८ लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ। कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने, 'मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्ति बापत रकम भुक्तानी गरेका छौँ।' 

images

उनका अनुसार जिल्लाका आठ स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिएको छ। कर्णालीका अन्य जिल्लाका २ हजार ४८ स्याउ किसानले दाबी भुक्तानी पाएको उनको भनाइ छ। कर्णालीमा यो वर्ष क्षतिपूर्तिबापत ४ करोड ४७ लाख रूपैयाँ दाबी भुक्तानी दिएको सो कम्पनीले जनाएको छ। 

images

मौसममा आधारित स्याउ खेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुसी भएका छन्। एउटा बिरुवाको ४२ रूपैयाँमा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको शिखर बीमा कम्पनी जुम्लाले जनाएको छ। फागुनदेखि चैत १५ गतेसम्म किसानले बीमा गराइ सक्नुपर्नेछ। मौसमी स्याउ बीमा गरेमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध दिने गरेको शिखर बीमा कम्पनी जुम्लाले जनाएको छ। 

प्रमुख ऋषिराम पाण्डेका अनुसार कर्णालीमा २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम सुरु भएको हो। अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन्। असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन्। पाँच बिरुवा हुने किसानले १ हजार र २ सय ५० बिरुवा हुनेले ५० हजार रूपैयाँ क्षतिपूर्ति पाएको उनको भनाइ छ। 

यहाँका किसानले बर्सेनि स्याउ बीमा नवीकरण गर्छन्। जुम्लामा बर्सेनि खडेरी र असिना पर्ने भएकाले यसबापत किसानले क्षतिपूर्ति पाइराखेका छन्। स्याउ बीमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसान लागि परेका हुन्। स्याउखेती बीमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ। जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बीमा गर्न किसान आकर्षित भइरहेको प्रमुख पाण्डेको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend