बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

दोस्रो बजारका प्रतिस्पर्धी कृषि र नेपाल बैंक, कुनको सेयरधनीलाई के फाइदा?

मंगलबार, फागुन २४ २०७८
दोस्रो बजारका प्रतिस्पर्धी कृषि र नेपाल बैंक, कुनको सेयरधनीलाई के फाइदा?

काठमाडौं- नेपाल सरकारको बहुमत स्वामित्व रहेको कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड दोस्रो बजारमा अब्बल मानिन्छन्। सोही कारण पनि सेयर लगानीकर्ताको चासोमा यी दुई हुने गरेका छन्। दुवै बैंकले लाभांश पनि प्रत्येक वर्ष राम्रो दिने गरेका छन्।

कृषि विकास

कृषि विकास बैंकले सेयरधनीहरू मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिइसकेको छ। यो चार वर्षयताकै उच्च लाभांश प्रस्ताव गरेको हो। बैंकको उत्कृष्ट वित्तीय विवरणका कारण लामो समयदेखि बैंकको सेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिँदै आएको छ।

प्रायः बुलमा खासै नचम्किने कृषि विकास बैंक तुलनात्मक रुपमा अन्य वाणिज्य बैंकहरू भन्दा राम्रो पोजिसनमा छ। बजारमा तीव्र उतारचढाव हुँदा पनि बैंकको सेयरमा भने खासै उतारचढाव छैन। कृषि विकास बैंकको चुक्ता पुँजी १९ अर्ब ७० करोड रुपैयाँ रहेको छ। भने रिर्जभ कोषमा १४ अर्ब ६ करोड रुपैयाँ रहेको छ। बैंकको १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी १६.३ रुपैयाँ रहेको छ। खराव कर्जा २.०८ रुपैयाँ रहेको छ। बैंकको सेयर मूल्य ३८५ रुपैयाँ रहेको छ। प्रतिकित्ता ४.१० प्रतिकित्ता मूल्य बढेको थियो। 

नेपाल बैंक 

नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट सेयरधनीहरूलाई १७ प्रतिशत लाभांश दिएको छ। सेयरधनीहरूलाई १४ प्रतिशत सेयर र ३ प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीको चुक्ता पुँजी १४ अर्ब ४० करोड रहेको छ। रिजर्भमा १९ अर्ब ८९ करोड रहेको छ। ६ महिनामा नाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। खराव कर्जा १.९१ प्रतिशत रहेको छ। प्रतिसेयर नेटवर्थ २३८.११ रुपैयाँ रहेको छ। 

प्रतिसेयर आम्दानी १९.६६ रुपैयाँ रहेको छ। बैंकको सेयर मूल्य प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्तामा बैंकको सेयर मूल्य अधिकतम ५७५ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम ३१७ रुपैयाँ रहेको थियो। बजार पुँजीकरण ४८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : मंगलबार, फागुन २४ २०७८१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend