आइतबार, असोज ६ गते २०८१    
images
images

मतदान केन्द्रमा प्रयोग हुने २४ करोडको सामग्री खरिद गर्दै निर्वाचन आयोग

images
मंगलबार, फागुन २४ २०७८
images
images
मतदान केन्द्रमा प्रयोग हुने २४ करोडको सामग्री खरिद गर्दै निर्वाचन आयोग

आयोगले झन्डै २५ करोड रुपैयाँ बराबरको निर्वाचनकाे क्रममा मतदाना स्थलमा प्रयोग हुने सामग्री खरिद गर्न लागेको हो।

images
images

काठमाडौं- निर्वाचन आयोगले स्थानीय निर्वाचन २०७९ का लागि आवश्यक तयारी अगाडि बढाएको छ। आयोगले निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया धमाधम गरिरहेको छ।

images
images
images

आयोगले केही समय अगाडि मात्रै साढे ११ करोड रुपैयाँ बराबरको ब्यालेट पेपर खरिद गर्ने गरी कम्पनी छनोट गरिसकेको छ।  यसैगरी निर्वाचन आयोगले मतदाता परिचय पत्र, निर्वाचन शिक्षण सामग्री तथा विभिन्न कार्ड छपाइका लागि पनि छापाखाना सूचीकृत गर्ने टेन्डर समेत गरिसकेको छ। 

यसैगरी आयोगले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्दलाई जिम्मा दिइसकेको छ। केन्द्रले पनि मतपत्र छपाइका लागि आावश्यक सामग्री खरिद प्रक्रियासमेत सुरु गरिसकेको छ। 

सोही क्रममा निर्वाचन आयोगले निर्वाचन मतदान केन्द्रमा प्रयोग हुने दर्जन सामान खरिदका लागि १० वटा कम्पनी छनोट गरेको छ। आयोगले झन्डै २५ करोड रुपैयाँ बराबरको निर्वाचनकाे क्रममा मतदाना स्थलमा प्रयोग हुने सामग्री खरिद गर्न लागेको हो।

images

आयोगले स्वस्तिक स्ट्याम्प इमप्रिन्ट खरिदका लागि रुता/डल्फिन जेभी छनोट गरेको छ। यो कम्पनीसँग आयोगले  ९९ लाख ८९ हजार रुपैयाँमा स्वस्तिक स्ट्याम्प इमप्रिन्ट खरिद गर्न लागेको हो।

यसैगरी आयोगले प्रवेश ट्रेडर्ससँग ३ करोड ५१ लाख ६७ हजार रुपैयाँ बराबरको रबर म्याट खरिद गर्ने भएको छ। आयोगले यसैगरी १२ करोड ७८ लाख ९१ हजार रुपैयाँ बरारबको पोलिङ बुथ प्राइभेसी स्क्रिनका लागि गावियोनेट इन्भाइरोमेन्ट कम्पनी छनोट गरेको छ।

आयोगले लाहा र जेल पेन खरिदका लागि  ए–रोल प्रालि छनोट गरेको छ। यो कम्पनीसँग आयोगले ५३ लाख १४ हजार रुपैयाँमा लाहा र जेल पेन खरिद गर्न लागेको हो।

यसैगरी आयोगले ३ करोड २५ लाख ४४ हजार रुपैयाँ बराबरको  सेफ्टी  सिल खरिदका लागि  हिमालयन टे«डिङ बिजनेश कन्र्सन/एसीई ग्रामेन्ट जेभीलाई छनोट गरेको छ।

प्लालिष्ट्र ब्याग र बोर खरिदका लागि प्रेरणा ट्रेडर्स छनोट गरेको छ। यो कम्पनीसँग आयोगले ४० लाख ४८ हजार रुपैयाँ बरारबरको सामान खरिद गर्न लागेको हो।

आयोगले १ करोड ९२ लाख ४३ हजार रुपैयाँ बराबरको स्ट्याम्प प्याड्स, स्ट्याम्प मसी, मार्कर खरिदको लागि एसीपी इन्टरप्राइजेज छनोट गरेको हो।

यसैगरी आयोगले १९ लाख ९ हजार रुपैयाँ स्ट्याब्लर मेसिन र पिन खरिद गर्न लागेको हो। यसका लागि आयोगले एसएम ट्रेडर्स छनोट गरेको हो। 

आयोगले १ करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको स्केल, कैँची,ग्लुस्टिक, पेन्चिङ मेसिन र सोसर खरिदका लागि लक्की एस इन्टरप्राइजेज छनोट गरेको छ।

आयोगले कोरा कपडा र कोरा ब्याग खरिदका लागि  भ्याली भ्यू ट्रेड लिङ कम्पनी छनोट गरेको हो। आयोगले १ करोड ८८ लाख रुपैयाँ उक्त सामान खरिद गर्न लागेको हो।

 


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend