आइतबार, असोज ६ गते २०८१    
images
images

रोकियो सुनको मूल्य वृद्धि, चाँदीको भने घट्यो

images
मंगलबार, फागुन २४ २०७८
images
images
रोकियो सुनको मूल्य वृद्धि, चाँदीको भने घट्यो

मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर १४ सय १० रुपैयाँ कायम भएको छ।

images
images

काठमाडौं- आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार भने स्थिर देखिएको छ। मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ तोकिएको छ। सोमबार पनि सुन १ लाख ३ हजार रुपैयाँमै कारोबार भएको थियो। 

images
images
images

तर चाँदीको मूल्य भने सोमबारको तुलनामा घटेको छ। सोमबार १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर १४ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

रुस-युक्रेन युद्धका कारण सुनको मूल्य बढी रहेको छ। पछिल्लो केही दिनयता लगातार बढेको सुनको मूल्य मंगलबार भने रोकिएको हो। तथापी अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने संकेत देखिएकाले नेपाली बजारमा समेत त्यसको प्रभाव पर्ने व्यवसायीहरुले बताएका छन्।

सुनको मूल्य यसअघि २०७७ साउन २३ गते १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।

images


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend