शुक्रबार, असोज ४ गते २०८१    
images
images

नारायणहिटीमा हवाइजहाज र हेलिकप्टर स्ट्याण्ड बनाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
images
images
नारायणहिटीमा हवाइजहाज र हेलिकप्टर स्ट्याण्ड बनाइने

सरकारले नारायणहिटी दरबार संग्रहालय भित्र हवाइजहाज र हेलिकप्टर स्ट्याण्ड निर्माण गरेको छ। योसँगै नारायणहीटी दरबार संग्रहालय मर्मत समेत गरिने भएको छ।

images
images

काठमाडौं- सरकारले नारायणहिटी दरबार संग्रहालय भित्र हवाइजहाज र हेलिकप्टर स्ट्याण्ड निर्माण गरेको छ। योसँगै नारायणहीटी दरबार संग्रहालय मर्मत समेत गरिने भएको छ।

images
images
images

दरबारका विभिन्न ५ वटा क्षेत्रको मर्मतका लागि टेन्डर भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले दरबार मर्मततका लागि टेन्डर गरेको हो। 

दरबारले त्रिभुवन सदन एडिसी टहरा मर्मत कार्य, हवाइजहाज र हेलिकप्टर स्टयाण्ड निर्माण, श्रीसदन पछाडिको छाना मर्मत कार्य र मंगल सदन मर्मत कार्यका लागि समितिले टेन्डर गरेको हो।

टेन्डरमा सहभागी हुन फर्म, संस्था वा कम्पनीको प्रमाण पत्रको प्रतिलिपी, भ्याट तथा प्यान प्रतिलिपी र आर्थिक वर्ष २०७६/०७७ को कर चुक्ता प्रमाणका आवश्यक पर्छ। टेन्डरमा सहभागी हुनका लागि ४५ दिनको समय दिइएको छ।

images

जसमा त्रिभुवन सदन एडिसी टहर मर्मतको लागत अनुमान १७ लाख ८ हजार, हवाइजहाज र हेलिकप्टर स्टयाण्ड निर्माण कार्यका लागि १२ लाख ८१ हजार, श्रीसदन पछाडिको छाना मर्मत कार्यका लागि १२ लाख ८१ हजार, मंगल सदन मर्मतका लागि १२ लाख ८१ हजार  र संग्रहालयको मुख्य भवनको छाना मर्मत कार्यका लागि १७ लाख रुपैयाँ तोकिएको छ।


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend