बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर

मंगलबार, फागुन २४ २०७८
डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर

काठमाडौं- मंगलबार अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी विनिमय दर अनुसार आज एक अमेरिक डलरको बिक्री मूल्य १२३.४४ रुपैयाँ पुगेको छ।

यो हालसम्मकै उच्च दर हो। नेपाल राष्ट्र बैंकले निर्धारणको गरेको भन्दा वाणिज्य बैंकहरूले डलरको भाउ तलमाथि गर्नसक्छन्। अहिले डलर अभाव भएको बेला यो भन्दा उच्च मूल्यमा डलरको खरिद बिक्री हुनेछ।

यसअघि डलरको भाउ १२३.२८ सम्म कायम भएको थियो। यसलाइ उछिनेर आज ऐतिहासिक बिन्दु कायम गरेको छ।   रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ।

भारुसँग नेपाली मुद्राको स्थिर बिनिमय भएकाले नेपाली मुद्राको मापण भारुका आधारमा हुन्छ। डलर बलियो हुँदा आयात महंगो हुन्छ भने रेमिट्यान्समा सकारात्मक प्रभाव रहन्छ।


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend