आइतबार, जेठ ६ गते २०८१    
images
images

सस्तो कार ल्याउने एलन मस्कको योजनामा रुस-युक्रेन युद्ध कसरी बाधक बन्यो

images
मंगलबार, फागुन २४ २०७८
images
images
सस्तो कार ल्याउने एलन मस्कको योजनामा रुस-युक्रेन युद्ध कसरी बाधक बन्यो

तर रसियाले युक्रेनमाथि गरेको आक्रमणका कारण कच्च पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएसँगै मस्कको उक्त चाहनामा ‘ब्रेक’ लागेको हो।

images
images

काठमाडौं- चर्चित विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क सस्तोमा कार उत्पादन गरेर टेस्लाको लोगोयुक्त विद्युतीय कार चढ्नेको चाहना पूरा गर्न चाहन्थे। त्यसैले उनले २५ हजार डलरमा कार ल्याउने बताएका थिए, जसमा कामसमेत भइरहेको थियो। 

images
images
images

तर रसियाले युक्रेनमाथि गरेको आक्रमणका कारण कच्च पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएसँगै मस्कको उक्त चाहनामा ‘ब्रेक’ लागेको हो। तथापी अन्य विद्युतीय कार उत्पादकहरुले भने टेस्लाको तुलनामा सस्तो मूल्यका कार ल्याइरहेका र ल्याउने तयारी गरेका छन्। 

images

निकल नामक केमिकल, लिथियम तथा अन्य सामग्रीको मूल्य बढेको र यसकाले दीर्घकालिन असर देखिन बाँकी नै रहेको छ। मुख्यगरि केमिकल, लिथियमको मूल्य बढ्दा ब्याट्रीको लागत स्वतः बढ्छ। विद्युतीय कारको कुल लागतको ५० देखि ६० प्रतिशत हिस्सा ब्याट्रीकै हुने गरेको छ। 

images
images

यसका साथै कोरोना महामारीका कारण विश्वभर सवारी उत्पादनका लागि चाहिने सेमिकन्डक्टरको अभाव त छँदैनै छ। सेमिकन्डक्टर अभावका कारण अहिले पनि सवारी उत्पादकले माग अनुसार कार उपलब्ध गराउन सकेका छैनन्। माथीका दुई कारणले इभी उत्पादकहरुका लागि ठूलो चुनौती बन्ने देखिएको इन्टस्ट्री फोरकास्टर बेन्चमार्क मिनरल इन्टेलिजेन्सका विश्लेषक ग्रेगोरी मिलरले बताएको रोयटर्सले लेखेको छ। 

images
images

यो वर्ष लिथियम आयत ब्याट्री सेलको मूल्य समेत बढ्ने अनुमान गरिएको छ। युक्रेन द्वन्द्वमा जाँदा निकलको मूल्य ११ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। यसको सबैभन्दा धेरै उत्पादक रुस हो। रुसबाट हुने उत्पादनमा समेत अवरोध आउने भएकाले निकलको आपूर्ति घट्न सक्ने अनुमान भइरहेको छ। रुसले विश्वभर उत्पादन हुने खनिज निकलको ७ प्रतिशत रुस एक्लैले उत्पादन गर्छ। 

विद्युतीय सवारी उत्पादक टेस्ला तथा रिभियनलगायत अन्य कम्पनीले कारको मूल्य बढाएका छन्। अमेरिकामा बिक्री भएका विद्युतीय सवारीको औषत मूल्य करिब ६३ हजार डलर रहेको थियो। यो तथ्यांक २०२२ को जनवरीमा भएको बिक्रीका आधारमा निर्धारण भएको कोएक् अटोमोटिभले गरेको अध्ययनले देखिएको हो। जबकी अमेरिकामा बिक्री हुने सबै सवारीको औषत मूल्य ४६ हजार डलर रहेको थियो। 

ईभीको स्वीकार्यता मन्ध

२०२१ मा विश्वभर बिक्री भएको कुल सवारीको करिब ९ प्रतिशत विद्युतीय सवारी विद्युतीय सवारी रहेको इन्टरनेशनल इनर्जी एजेन्सीले जनाएको छ। २०३० मा पुग्दा यो हिस्सा २४ प्रतिशत पुग्ने अनुमान एजेन्सीले गरेको छ।

विद्युतीय सवारीको सञ्चालन खर्च कम भएपनि बहुमत उपभोक्ता विद्युतीय सवारीका खरिदका लागि धेरै पैसा खर्च गर्न तयार नभएको २०२१ मा ओसीएन्डसी ग्लोबल स्पीडोमिटर नामक संस्थाले गरेको अध्ययनले देखाएको थियो। यो अध्ययनमा अमेरिका र चीनका उपभोक्ताहरु समावेश थिए।

टेस्लाले २०२१ मै पनि कारको मूल्य बढाएको थियो। कार उत्पादनको लागत बढ्दै गएको अवस्थामा रसिया र युक्रेनबीच भएको युद्धले बजार झनै प्रभावित हुने देखिएको छ। २०२० को ब्याट्री डे मा टेस्ला सीईओ मस्कले २५ हजार डलरमा कार उत्पादन गर्ने बताएका थिए। तर अघिल्लो महिना उनले उक्त मूल्यको कार विकास नगर्ने बताएका हुन्।

चिनियाँ विद्युतीय कार उत्पादनहरु, अमेरिकी स्टार्टअप लुसिड, रिभियनलगायतले पनि उपयुक्त मूल्यमा विद्युतीय कार ल्याइरहेकाले टेस्ला थप दबाबमा रहेको छ। यिनीहरुले कारको मूल्य नबढाउँदा टेस्ला थप अप्ठेरोमा परेको हो। चीनमा समेत लिथियमको मूल्य बढेकाले कारको मूल्यमा केही वृद्धि भएको छ। 

ब्याट्री उत्पादकहरुले कार उत्पादकहरुसँग लामो समयका लागि सम्झौता गरेका हुन्छन्। तर ब्याट्री उत्पादकका लागि चाहिने लिथियम, निकल र कोबल्टको लागत बढेकाले उनीहरु समेत तनाबमा देखिएका छन्। ब्याट्री उत्पादनमा यस्ता कच्च पदार्थको हिस्सा ७० देखि ८० प्रतिशत रहने एलजी इनर्जी सोलुसनले जनाएको छ। एलजी इनर्जी सोलुसनले टेस्ला र जनरल मोटर्सलाई ब्याट्री उपलब्ध गराउँदै आएको छ। 

ब्याट्री उत्पादनको लागत बढेको र अहिले परिस्थिति झनै असहज बन्दै गएकाले सवारी उत्पादन लागत बढ्ने हुँदा टेस्ला सीईओ मस्क सस्तो कार उत्पादनबाट पछि हटेका हुन्। उनको यो निर्णयले सस्तोमा टेस्लाको लागो अंकित अर्ध विलाशी कार चढ्ने उपभोक्ताको चाहनामा समेत ‘ब्रेक’ लाग्ने भएको छ। 

नेपाली बजारमा समेत टेस्लाका कार बिक्री हुँदै आएको छ। हाल टेस्लाका मोडल थ्री, मोडल एक्स बिक्री भएको छ भने मोडल वाई नेपाल भित्रिने क्रममा रहेको छ। उपलब्ध टेस्ला कारहरु महँगा छन्। २५ हजार डलरमा बनाउने भनिएको कार उत्पादन भएको थियो भने नेपाली बजारमा समेत ठूलै संख्यामा बिक्री हुने अनुमान गरिएको थियो।


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०१:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend