आइतबार, असोज ६ गते २०८१    
images
images

इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने ४ अर्ब २५ करोड सरकारले दिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
images
images
इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने ४ अर्ब २५ करोड सरकारले दिँदै

कच्चा तेलको मूल्य बढिरहेकाले आइओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझ धेरै नै नपुग हुने निगमले जनाएको छ।

images
images

काठमाडौं- सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ।

images
images
images

मूल्य स्थिरीकरण कोषको सोमबार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतको नपुग ४ अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो।

गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ। निगमले आइओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ता बापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो। निगमले प्रत्येक महिनाको आठ र २३ तारिखका दिन आइओसीलाई किस्ता बुझाउँदै आएको छ।

images

यसअघि स्थिरीकरण कोषबाट गत जनवरी महिनामा निगमलाई  एक अर्ब ८० करोड रूपैयाँ उपलब्ध गराइएको थियो। निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझ धेरै नै नपुग हुने स्थिति देखिएको निगमले जनाएको छ। विश्व बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर नाघेको छ। नेपालमा पेट्रोल लिटरको १ सय ५० र डिजल लिटरको १ सय ३३ रूपैयाँमा बिक्री भइरहेको छ। रासस


प्रकाशित : सोमबार, फागुन २३ २०७८१३:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend