बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य पुनः किन घट्यो?

मंगलबार, फागुन २४ २०७८
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य पुनः किन घट्यो?

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य घट्न थालेको छ। गत महिना लगातार बढेपनि यो सातादेखि पुनः लगातार मूल्य घटिरहेको छ।

सोमबार एनअनरएनको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँले घटेर ६७५ रुपैयाँ कायम भएको छ। सोमबार १७ हजार ५२ कित्ता कारोबार भएको छ। 

nrna.PNG

कम्पनीले ५ प्रतिशत सेयर लाभांश र कर बापत ०‍‍‍.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिएको थियो। कम्पनीको हाल १ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। जसलाई वृद्धि गरेर ५ अर्ब रुपैयाँ पुर्‍याउने योजना कम्पनीले बनाएको छ। 

कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम प्रतिकित्ता ९९० रुपैयाँसम्म कारोबार भएको थियो भने न्यूनतम ३८५ रुपैयाँसम्म झरेको थियो।

दुई वर्षअगाडि मात्रै कम्पनीले सर्वसाधारणको नाममा आईपीओ जारी गरेको थियो। कम्पनीको बजार पुँजीकरण ८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। 


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend