आइतबार, असोज ६ गते २०८१    
images
images

सात दिनमा थपियो ११ अर्ब निक्षेप

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
images
images
सात दिनमा थपियो ११ अर्ब निक्षेप

फागुन १३ गतेसम्म ४३ खर्ब १३ अर्ब निक्षेप संकलन भएकोमा फागुन २० गतेसम्म ४३ खर्ब २४ अर्ब निक्षेप पुगेको छ। 

images
images

काठमाडौं- न्यून निक्षेप संकलन र अधिक ऋण परिचालनको ट्रेन्डमा पछिल्लो साता ब्रेक लागेको छ। वाणिज्य बैंकहरूले पछिल्लो सात दिनमा ऋण परिचालनभन्दा दोबर निक्षेप संकलन गरेका छन्। 

images
images
images

फागुन १३ गतेसम्म ४३ खर्ब १३ अर्ब निक्षेप संकलन भएकोमा फागुन २० गतेसम्म ४३ खर्ब २४ अर्ब निक्षेप पुगेको छ। 

तर यो अवधिमा ऋण भने जम्मा ५ अर्बले विस्तार भएको छ। पछिल्लो समय न्यून निक्षेप संकलन र अधिक ऋणको माग हुँदा वाणिज्य बैंकहरू दबाबमा पर्दै आएका छन्। माग अनुसारको ऋण परिचालन गर्न उनीहरूलाई कठिन भइरहेको छ। 

पछिल्लो साताको अवस्थामा भने केही सुधार देखिएको छ। पछिल्लो समय सरकारी खर्चमा सुधार देखिएको र आयातमा कडाइ हुँदा पनि केही निक्षेपमा सहज हुने लक्षण देखिएको अधिकारीहरूले दाबी गरेका छन्। 

images


प्रकाशित : सोमबार, फागुन २३ २०७८१३:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend