बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
पर्यटन बाेर्ड सदस्य नियुक्ति प्रकरण

नियुक्ति भएको ५ दिनमै राजीनामा, नियुक्ति नहुँदैको मितिमा राजीनामा स्वीकृत गरेको पत्र

सोमबार, फागुन २३ २०७८
नियुक्ति भएको ५ दिनमै राजीनामा, नियुक्ति नहुँदैको मितिमा राजीनामा स्वीकृत गरेको पत्र

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पर्यटन बोर्डमा सदस्य नियुक्त गरेका लिलाबहादुर लामा तामाङ (टासी लामा) ले पाँच दिनमै राजीनामा दिएका छन्।

आलेले लागुऔषध कारोबार र बैंक लुटपाटमा संलग्न भएर कैद भुक्तानसमेत गरेका विवादित टासी लामा भनेर चिनिने लिलाबहादुर तामाङलाई फागुन ६ गते बोर्ड सदस्यमा नियुक्त गरेका थिए। नियुक्तिको विषय विवादमा परेसँगै उनलाई मन्त्रालयले राजीनामा दिन दबाब दिएको थियो।

मन्त्री आलेले उनलाई फागुन ६ गते नियुक्ति गरेको थिए। नियुक्त गरेको ५ दिनमै फागुन १० गते उनको राजीनामा स्वीकृत गरेको भन्दै मन्त्रालयले जानकारी दिएको पत्र बिजनेस न्युजले प्राप्त गरेको छ। प्राप्त पत्रमा फागुन १० गते राजीनामा दिएको र १० गते नै स्वीकृत भएको जनाएको छ। तर राजीनामा स्वीकृत भएको जनाकारी गराइएको पत्र बोर्ड सदस्य नियुक्ति नहुँदैको मितिमा जारी भएको छ।

rajinama swikrit.jpg
         राजीनामा स्वीकृत भएको पत्र।

मन्त्रालयले राजीनामा स्वीकृत भएको पत्र माघ २२ गते नै जारी भएको छ। मन्त्रालय स्रोतका अनुसार फागुन २२ गते आइतबार बोर्ड बैठक राखिएको थियो। उनलाई बोर्ड बैठकमा जानका लागि रोक्न फागुन २२ गते नै राजीनामा स्वीकृत गराउँदै जानकारी गराएको पत्र काटिएको थियो। मन्त्रीले गरेको गल्ती लुकाउन हतार हतारमा काम गर्दा झनै गल्ती भएको हो।

letter ni.jpg
         सदस्यमा मनोनित गरेको पत्र।

  


प्रकाशित : सोमबार, फागुन २३ २०७८१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend