बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

राष्ट्र बैंकले एक रूपैयाँका नयाँ सिक्का ल्याउँदै, यस्ता छन् विशेषता

सोमबार, फागुन २३ २०७८
राष्ट्र बैंकले एक रूपैयाँका नयाँ सिक्का ल्याउँदै, यस्ता छन् विशेषता

काठमाडौं- नेपाल राष्ट्र बैंकले आउने बुधबारदेखि एक रूपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ। 

राष्ट्र बैंकले पुरानै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो।

राष्ट्र बैंकले यसअघि गएको पुस ३० गते दुई रुपैयाँको पनि नयाँ सिक्का चलनचल्तीमा ल्याएको थियो। 

यस्ता छन् एक रूपैयाँको नयाँ सिक्काको विशेषता

क) सिक्काको अग्र भागमा

- सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको।

- चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको।

- सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको।

- नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको।

ख) सिक्काको पृष्ठ भागमा

- सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको।

- आठ थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPAL लेखिएको।

- सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको।


प्रकाशित : सोमबार, फागुन २३ २०७८११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend