बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बिग्रदो अर्थतन्त्रप्रति बल्ल प्रधानमन्त्रीले दिन थाले चासो

गभर्नरसहित अर्थमन्त्रीसँग छलफल, व्यवसायीसँग पनि भेट्दै

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
बिग्रदो अर्थतन्त्रप्रति बल्ल प्रधानमन्त्रीले दिन थाले चासो

अर्थतन्त्रको अहिलेको अवस्था, समाधानका उपायका बारेमा देउवाले छलफल गरिरहेका छन्। 

काठमाडौं- अर्थतन्त्रको अवस्था खराब हुँदै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चासो लिन थालेका छन्।

अर्थतन्त्रका अधिकांश सूचक खराब हुँदै गए पनि राजनीतिक नेतृत्व बेखबर रहेको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्रीले चासो दिएर सरोकारवालासँग पारामर्श अघि बढाएका हुन्। 

अर्थतन्त्रको अहिलेको अवस्था, समाधानका उपायका बारेमा देउवाले छलफल गरिरहेका छन्। यही सन्दर्भमा सोमबार प्रधानमन्त्री देउवाले अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर, सचिवहरूसँग छलफल गरेका छन्। सरकारी निकायका जिम्मेवार अधिकारीहरूसँग देउवाले अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी लिएका हुन्। 

अर्थतन्त्रको बाह्य अवस्था खराब हुँदै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ। रेमिट्यान्स ऋणात्मक भएको छ भने आयातका लागि बाहिरिने रकम पनि बढिरहेको छ। 

पछिल्लो समय आयातमा केही अंकुश लगाउन खोजिएको छ। तर अवस्था यस्तै रहे आयातमा अझै कडाइ गर्नुपर्ने अवस्था आउने अधिकारीहरूले बताएका छन्। आयातमा अझै कडाइ गर्दा सरकारी राजस्व संकलन खस्किने र समग्र सार्वजनिक वित्तीय चक्र खलबलिने अवस्था आउँछ। 

पछिल्लो अवस्थाका बारेमा प्रधानमन्त्रीले सरकारी अधिकारीबाहेक व्यवसायीहरूसँग पनि छलफल गर्ने कार्यतालिका बनाएका छन्। व्यवसायी तथा अर्थशास्त्रीहरूसँग छलफल गरेर अघि बढ्ने देउवाको तयारी छ। 


प्रकाशित : सोमबार, फागुन २३ २०७८११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend