बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

टी प्लस टूमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही

सोमबार, फागुन २३ २०७८
टी प्लस टूमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही

काठमाडौं- नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको गुनासो सुन्ने, ब्यबस्थापन गर्ने र ट्रयाकिङ गर्ने प्रयोजनको लागि एप बनाउने बताएका छन्। बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको गुनासो व्यवस्थापन गर्न एपको विकास गर्ने घोषणा गरेका हुन्। 

एपले लगानीकर्ताले गरेको गुनासोबारे के के काम भयो, कहाँ पुग्यो, त्यसबारे के के भयो भन्ने जानकारी दिनेछ। एचडीएलको उदाहरण दिँदै उनले एचडीएलमा अर्डर गरेको कहाँ पुगेको छ भन्ने ट्रयाक गरेजस्तै गुनासोको पनि त्यसगरी ट्रयाक गर्न सकिने खालको एप बनाउने बताए।

त्यस्तै उनले बजारमा धेरै भन्दा धेरै रियल सेक्टरलाई बजारमा ल्याउन पहल गर्ने बताए। रियल सेक्टर कम्पनीलाई बजारमा ल्याउनको लागि आफुले गर्न सक्ने जति सबै कार्य गर्ने उनले बताएका छन्। त्यस्तै ब्रोकरले पनि आफ्नो छुट्टै टिएमएस चलाउन सक्ने ब्यबस्था गरिने पनि उनले बताए।

उनले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा अध्ययन भइरहेको बताए। अध्ययन समिति बनेको र त्यसले दिएको सुझावका आधारमा अघि बढने उनले बताए। त्यस्तै टी प्लस टूमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने उनले बताए। 

उनले आफ्नो कार्यकालमा बोर्डको क्षमता अभिवृद्धि गर्ने, बोर्डको आफ्नै भवन बनाउन पहल गर्ने, बजारलाई प्रभावकारी बनाउने, बजारमा नयाँ नयाँ प्रडक्ट ल्याउने, वित्तीय साक्षरताको लागि इन्स्टिच्युट बनाउने, कमोडिटी बजारको लागि आवश्यक पर्ने कानुन बनाउने प्रतिवद्धता पनि जनाएका छन्। 

हमालले कुनै पनि कम्पनी मर्जमा जाँदा सेयर होल्ड धेरै समय हुने गरेको भन्दै यसलाई रोक्ने बताए। नेप्सेमा निजी क्षेत्र आउदा राम्रो काम हुन्छ कि भन्ने चाहना हो र अर्को चाहिन्छ वा चाहिन्न भन्न सकिदैन। यसमा अध्ययन आवश्यक रहेको उनको भनाइ छ।

उनले बैकलाई ब्रोकर दिने वा निदने बिषयमा गहन अध्ययन गर्ने बताए। बैंकलाई लाइसेन्स दिँदा राम्रो हुन्छ भन्ने कुरा पनि छ तर कसैले बैंकले मात्रै काम किन काम गर्ने पनि भनिरहेको भन्दै यसमा अध्ययन आवश्यक रहेको उनको भनाइ छ। उनले पछिल्लो समय बुक बिल्डिङ विधिमार्फत् सर्वोत्तम सिमेन्टले आइपीओ निष्कास गर्ने गर्नका लागि तोकिएको मूल्य उचित छ वा छैन त्यो पनि हेर्ने बताए।


प्रकाशित : सोमबार, फागुन २३ २०७८१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend