बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

करोडौँ खर्चेर १३ वर्षमा निर्माण सकेर पनि सञ्चालनमा आएन सभागृह

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
images
images
करोडौँ खर्चेर १३ वर्षमा निर्माण सकेर पनि सञ्चालनमा आएन सभागृह
images
images

महेन्द्रनगर- विसं २०७० अघि बनिसक्नुपर्ने सभागृह पाँच वर्ष ढिलोगरी सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन। कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षअघि निर्माण थालिएको सभागृह (सिटीहल) मा करोडौँ रुपैयाँ खर्च गरिए पनि त्यसलाई सञ्चालनमा ल्याउने विषयमा सरोकारवाला निकायको ध्यान पुगेको छैन।

images
images

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको लगानीमा यहाँ ठूला सभा, सम्मेलन तथा अन्य प्रयोजनका लागि बजारको मुटुमै पाँच बिघा जमिनमा सभागृह निर्माण थालिएको थियो। नगरविकास समिति यहाँको भीमदत्त नगर विकास समितिका रुपमा स्वामित्व प्रदान गरिए पनि उक्त समितिले सभागृह सञ्चालनका लागि मापदण्डसमेत बनाउन सकेको छैन।

images
images

सभागृह निर्माणको जिम्मेवारी पाएको श्यामसुन्दर र गौरी पार्वती जेभीले २०७५ जेठमा निर्माण सकेको थियो। दश वर्षमा पाँच पटक म्याद थप भएर बनेको सभागृह सुरुआतमा ६ करोड ८१ लाख रूपैयाँमा ठेक्का आह्वान भएको थियो। पछि सभागृहको लागत बढेर १० करोड रूपैयाँभन्दा बढी पुगेको बताइन्छ। 

images
images

यहाँको भीमदत्त नगरपालिकाका सूचना अधिकृत हरिसिंह धामीले नगर विकास समितिले चाँडै मापदण्ड बनाएर सञ्चालन गर्ने तयारी थालेको बताए।

'मापदण्ड बनेपछि समितिले स्वीकृत गरेर सञ्चालनका लागि अग्रसर हुन्छ', उनले भने, 'अहिले पालिकास्तरको भूमिसम्बन्धी काम अस्थायी रुपमा सभागृहबाट हुँदैछ।' अपाङ्मैत्री संरचनासहितको सभागृहमा एक हजार मान्छे अटाउने क्षमता रहेको छ। रासस


प्रकाशित : सोमबार, फागुन २३ २०७८०८:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend