शनिबार, साउन १२ गते २०८१    
images
images
images

कुस्मानजिक कालीगण्डकी खोँचमा सिसैसिसाको 'स्काइ ब्रिज', टिकटक बनाउनेलाई आकर्षित गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
images
images
कुस्मानजिक कालीगण्डकी खोँचमा सिसैसिसाको 'स्काइ ब्रिज', टिकटक बनाउनेलाई आकर्षित गरिँदै
images

पर्वत- सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) यहाँ सञ्चालनमा ल्याइएको छ। कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोँचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज उद्घाटन गरे।

images
images

कुस्मास्थित हार्नेस जिपलाइन प्रालीले टिकटक पारखीका लागि लक्ष गरेर मुलुकमै पहिलो पटक यस्तो पुल निर्माण गरेकोे कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए। कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ। तल हेर्दा डर लाग्नाका साथै आनन्द पनि लिन सक्नेगरी पुल बनाइएको हो।

images

एकैपटकमा १ सय जनासम्मले स्काइब्रिजको वारपार गर्नसक्ने उनको भनाइ थियो। पुल ३५ फिट लामो र ११ फिट चौडा छ। 'हामीले नेपालका लागि पहिलो सिसाको पुल बनाएका हौँ', उनले भने, 'अहिले युवाको आकर्षण टिकटकमा भएका कारण यसले टिकटक बनाउन युवायुवतीलाई आकर्षण गर्ने विश्वास लिएका छौँ।'

skybridge udghatan.jpg

स्काइब्रिजमा पसेर नाच्न र गाउँन पनि सकिने छ। अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविश्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको निर्देशक बस्नेतले बताए। स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङसँगै छ।

images

हार्नेस प्रालीले कुस्मा बजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ। आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मज्जा लिएको उहाँको भनाइ थियो।

कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ। अहिले जीपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ। पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जीपलाइनमा आउने इच्छा गर्दै समय बुक गराउनेक्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताए।

'बन्जी, स्वीङलगायत साहसिक खेलभन्दा जीपलाइनमा केही कम डर हुने अनुभव जीपलाइनमा बगेकाले सुनाएका छन्। जीपलाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौँ', उनले भने।

जीपलाइनका लागि ३ हजार ५ सय रूपैयाँ शुल्क तोकिएको छ। कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ। १ हजार ४ सय ८० मिटरको दूरी पार गरिसक्दा नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जीपलाइन ल्यान्डिङ हुन्छ। रासस


प्रकाशित : सोमबार, फागुन २३ २०७८०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend