काठमाडौं- सुनको मूल्य तगातार बढिरहेको छ। सोमबार पनि प्रतितोला ११ सय रुपैयाँ बढेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य यसअघि २०७७ साउन २३ गते १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँ बढेको हो। सोमाबारका लागि चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।