आइतबार, असोज ६ गते २०८१    
images
images

नेपालमा डलरको भाऊ १० महिनाकै उच्च 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
images
images
नेपालमा डलरको भाऊ १० महिनाकै उच्च 

डलर बलियो हुँदै जाँदा नेपाली बजारमा महंगी बढ्छ। आयातमा आधारित अर्थतन्त्र भएकाले अधिकांस वस्तुको मूल्य वृद्धि हुन्छ। 

images
images

काठमाडौं- अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ १० महिना यताकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक अमेरिकी डलरको भाउ नेरू १२२.१६ पुगेको छ। 

images
images
images

डलरको तुलनामा नेपाली रुपैयाँ १० महिनाकै कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक डलरको भाउ १२२ रुपैयाँ १६ पैसा तोकेको छ। जुन मूल्य १० महिना अगाडिको विन्दुमा पुगेको हो। 

यसअघि २०७७ असार ९ गते हालसम्मकै उच्च मूल्य विन्दुमा पुगेको थियो।  डलरको भाउ २०७७ वैशाख १० गते  १ डलरको १२२ रुपैयाँ ६८ पैसा पुगेको थियो। 

डलर बलियो हुँदै जाँदा नेपाली बजारमा महंगी बढ्छ। आयातमा आधारित अर्थतन्त्र भएकाले अधिकांस वस्तुको मूल्य वृद्धि हुन्छ। 

images

नेपाली कामदारले विदेशमा काम गरेर पठाउने रेमिट्यान्स भने वृद्धि हुन्छ। रेमिट्यान्स भन्दा आयातको मूल्य धेरै हुने भएकाले समग्रमा नेपाली अर्थतन्त्र नोक्सानीमा जान्छ। 


प्रकाशित : सोमबार, फागुन २३ २०७८०५:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend