शुक्रबार, जेठ ४ गते २०८१    
images
images

ओमथान खोलामा बनाइयो ट्रस पुल

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
images
images
ओमथान खोलामा बनाइयो ट्रस पुल
images
images

म्याग्दी- म्याग्दीको धौलागिरी गाउँपालिका-१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ।

images
images
images

लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे। पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताए। यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो । बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो।

images

गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग ३० लाख ९३ हजार ३ सय ५२ रूपैयाँमा सम्झौता भएको थियो। पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन्। टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो। धौलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका चार वटा स्टिल ट्रस र तीन वटा झोलुङ्गे पुलमध्ये पाँच वटा सम्पन्न भएका इन्जिनियर जिसीले बताए। वडा नम्बर ६ मराङको अस्कारे खोलामा रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो।

images
images

वडा नम्बर ४ नाउराको कोपिलाघाटमा ४० लाख ९४ हजार ४ सय ५ रूपैयाँको लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा ३२ लाख ४१ हजार ८ सय ४९ रूपैयाँको लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए। गुर्जाको धुनधुनाखोलामा पनि २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण सकिएको छ।

images
images

मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन्। पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो। रासस


प्रकाशित : सोमबार, फागुन २३ २०७८०५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend