काठमाडौं- नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई पोल भाडा तिर्न ताकेता गरेको छ।
प्राधिकरणको पोल उपयोग गरी इन्टरनेट सेवा दिइरहेका कम्पनीहरूलाई तत्काल भाडा तिर्न निर्देशन दिएको छ।
भाडा नितरेसम्म कुनै पनि सेवाप्रदायकको सम्झौता नवीकरण नहुने प्राधिकरणले प्रष्ट पारेको छ। सम्झौता नवीकरण नभइ कसैले पनि नयाँ लाइन नतान्न प्राधिकरणले निर्देशन दिएको छ।
यदि सम्झौता नवीकरण नहुँदै कसैले नयाँ लाइन तानेमा प्राधिकरणले सामग्री नियन्त्रणमा लिनसक्ने चेतावनी दिएको छ।