बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बैंकको एटीएम जस्तै सहकारीहरूले कोप कार्ड जारी गर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २२ २०७८
बैंकको एटीएम जस्तै सहकारीहरूले कोप कार्ड जारी गर्ने 

सहकारीको पहिचानसहितको कोप कार्ड जारी गर्नका लागि ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच सम्झौता सम्पन्न भएको छ। 

काठमाडौं-बैंकहरूको एटीएम कार्डजस्तै सहकारी संस्थाहरूले पनि कोप कार्ड जारी गर्ने भएका छन्। 

सहकारीको पहिचानसहितको कोप कार्ड जारी गर्नका लागि ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच सम्झौता सम्पन्न भएको छ। 

ग्लोबल आईएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत् यसका सदस्यहरुले कोप कार्ड जारी गर्ने छन्। यस्तो कार्ड प्रविधिका लागि एससीटीले चाइना युनीयन पेसँग सहकार्य गरिरहेको छ। यही प्रविधिमा कोप कार्ड जारी हुने छ। 

प्रकाशित : आइतबार, फागुन २२ २०७८१४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend