काठमाडौं- नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी ३३० जहाज खरिद गर्नु अगाडिसम्म दुईवटा एयर बस ३२० र दुईवटा बोइङमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको थियो।
यी चार जहाजबाट निगमले भारतको तीन गन्तव्य, मलेसिया, कतार, दुबई, हङकङ र थाइल्यान्डमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको थियो। जब निगमले बजार विस्तारका लागि भन्दै बाइडबडी जहाज खरिद गर्ने योजना बनायो। योजनासँगै निगमले व्यवसायिक योजना पनि तयार गरेको थियो।
निगमको वाइबडी उडान योजनामा युरोपदेखि चीन, जापान, दक्षिण कोरिया र साउदी अरबमा उडान गर्ने विषय समावेश भएको थियो। उक्त योजनामा समावेश भएकामध्ये अहिलेसम्म दुई गन्तव्यमा नेपाल एयरलाइन्सले वाइडबडीमार्फत उडान गर्ने सहमति पाएको छ। जापाना भने उडान सुरु गरेको तीन वर्ष भइसेको छ। तर साउदी अरेबियाको उडान अनुमति भने अहिले आएर मात्रै पाएको छ।
निगमले साउदीको दमाममा उडान गर्ने योजना बनाएपछि रियादको अनुमति पाएको छ। अनुमतिसँगै निगमले सातामा तीनवटा रियाद उडान गर्ने जनाएको छ।
यो अवस्थामा कसरी आइपुग्यो निगम?
निगमको दुईवटा वाइडबडी जहाजमध्ये पहिलो वाइडबडी २०७४ असार र दोस्रो वाइडबडी साउनमा नेपाल आइपुगको थियो।
वाइडबडी जहाज नेपाल आउँदासम्म उडानका लागि लामो दुरी निगमले पाएको थिएन। निगमले भारतको दिल्लीबाट नै वाइडबडीको व्यवसायिक उडान सुरु गरेको थियो।
वाइडबडी जहाज ल्याएका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले जहाज उडानका लागि गन्तव्य खोजी गरिरहेका थिए। तर उनलाई तत्कालीन केपी ओली सरकारले काम गर्न नदिने गरी कार्यकारी अध्यक्षका रुपमा मदन खरेललाई नियुक्ति गरे।
कंसाकारले आफ्नो योजना पूरा गर्न पाएनन्। कंसाकारले नै प्रक्रिया सुरु गरेको जापान उडानमा भने खरेलको पालामा भयो। निगमको वाइडबडी जहाजले सुरु जापानको ओसाकाबाट उडान सुरु गरको थियो।
अहिले निगमले सातामा कहिले एक त कहिले दुईवटा उडान वाइडबडीबाट नारितामा गर्दै आएको छ। खरेलकै बेलामा दक्षिण कोरिया उडानको प्रक्रिया पनि सुरु भएको थियो। तर दक्षिण कोरिया उडानमा खरेलले कुनै काम गर्न सकेन।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि निगमको सेफ्टी एसिसमेन्ट गर्न आउन लागेको कोरियालाई आउन दिएन। कारण थियो- निगमको सेफ्टीमा केही समस्या। जसका कारण दक्षिण कोरिया उडान प्रक्रियामा ब्रेक लागेको थियो। योसँगै निगमले चीनको उडान अनुमतिन भने पाएको थियो। तर कोरोनाका कारण उडान सुरु नै हुन सकेन।
खरेललेको राजीनामापछि निगम कार्यकारी अध्यक्षमा पूर्वपर्यटन सचिव सुशिल घिमिरे आए। उनको सयममा कोरोनाको महामारी सुरु भइसेको थियो। उनले खासै नयाँ गन्तव्यको उडानमा काम गर्न सकेनन्।
पछि घिमिरेलाई बोर्ड अध्यक्षमा मात्रै सिमित गरेर सरकारले २०७७ असोजमा निगम महाप्रबन्धकमा डिम प्रकाश पौडेललाई नियुक्ति गर्यो। उनै पौडेलको पालामा साउदी अरेबिया उडानका लागि पुन प्रक्रिया सुरु भयो।
साउदी अरेबियाले पहिले जिएसए छनोट गर्न निगमलाई आग्रह गर्यो। साउदि अरेबियाको आग्रहमा पौडेल तथा निगमका तत्कालीन उच्च पदस्थ कर्मचारीले जिएसए छनोट प्रक्रिया सुरु गरे। जिएसए छनोट प्रक्रिया निगमले खुला प्रतिस्पर्धाबाट गरेको थियो।
जिएसए छनोटपछि निगमले उडान अनुमतिका लागि प्रक्रिया अगाडि बढाएको थियो। तर प्रक्रिया अन्तिम चरणामा पुगेपछि देउवा सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पौडेललाई महाप्रबन्धकबाट हटाएर निगमकै पूर्वकर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्ति गरे। अधिकारीको नियुक्तिपछि केही समय उक्त काम अगाडि बढ्न सकेन।
सबै प्रक्रिया अन्तिम चरणमा पुगको थियो। सोहीअनुसार केही दिन अगाडि मात्रै निगममा कार्यकारी अध्यक्ष अधिकारी र अपरेशन विभागमा निर्देशक दीपु जुवार्चन साउदी अरेबिया गएका थिए। साउदी अरेबिया पुगको अधिकारी र जुवार्चनले फागुन २२ गते साउदी अरेबियाको नागरिक उड्डयनसँग आइतबार साउद अरेबिया उडानका लागि सम्झौता गरेका हुन्।
योसँगै निगमको लामो दुरीमा वाइबडी उडान गर्ने लक्ष्य अनुसारको २ वटा गन्तव्य भएको छ। निगमले साउदी अरेबियाको दमाम, रियाद र जेद्दामा उडान गर्न पाउने गरी सहमति भएपछि पहिलो चरणमा रियादबाट उडान सुरु हुने भएको छ। निगमले २०२२ को अप्रिलबाटै उडान सुरु गर्ने योजना बनाएको छ।