आइतबार, असोज ६ गते २०८१    
images
images

मतपत्र छपाइका लागि जुट्यो जनक शिक्षा सामग्री

कागज किन्ने अयोग, छपाइ गर्ने केन्द्र

images
आइतबार, फागुन २२ २०७८
images
images
मतपत्र छपाइका लागि जुट्यो जनक शिक्षा सामग्री

स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र लिमटेडले आफ्नो तयारी थालेको छ।

images
images

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र लिमटेडले आफ्नो तयारी थालेको छ।

images
images
images

निर्वाचन आयोगले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्रीलाई जिम्मा दिएसँगै उसले तयारी थालेको हो।

केन्द्रले अहिले मतपत्र छपाइका लागि आवश्यक सामग्री खरिद प्रक्रिया थालेको छ। केन्द्रले मतपत्र छपाइ तथा पाकिङमा प्रयोग हुने सामग्री  खरिदका लागि सूचना समेत प्रकाशन गरिसकेको छ।

फागुन २२ गते आइतबार मात्रै केन्द्रले मतपत्र छपाइका लागि डिजिटल नम्बरिङका लागि आवश्यक सामानहरू खरिदका लागि सूचना समेत प्रकाशन गरेको छ। 

images

केन्द्रले स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने मत पत्र छपाइ गर्ने छ भने अन्य छपाइको काम भने निर्वाचन आयोगले निजी क्षेत्रलाई दिने गरी काम गरिरहेको छ।

स्थानीय निर्वाचनमा करिब २ करोड मत पत्र छपाइ हुने छ। केन्द्रका अनुसार एउटा मतपत्र छपाइमा सरदर २५ देखि २६ पैसा खर्च हुने छ।

यी हिसाबमा २ करोड मतपत्र छपाइमा ५२ करोड रुपैयाँभन्दा बढी खर्च हुने छ। 

कागज किने अयोग, छपाइ गर्ने केन्द्र

मतपत्र छपाइका लागि आवश्यक ब्यालेट पेपर भने निर्वाचन आयोगले खरिद गर्ने भएको छ। आयोगले स्थानीय निर्वाचनका मदपत्र छपाइका लागि आवश्यक कागज खरिद गर्ने गरी कम्पनी समेत छनोट गरिसकेको छ।

आयोगले झन्डै ६ सय मेट्रिक टन कागज खरिदका लागि कम्पनी छनोट गरेको छ। आयोगले कर सहित ११ करोड ४० लाख ६२ हजार २ सय रुपैयाँमा ब्यालेट पेपर (मतपत्र छपाइका लागि आवश्यक कागज) खरिद गर्न कम्पनी छनोट गरेको छ। आयोगले गावियोनेट इन्भाइरोमन्ट सोलुसन प्रालिसँग कागज खरिद गर्न लागेको हो।

कागज खरिद एउटाले गर्ने छपाइ तपाईहरूले गर्दै हुनुहुन्छ नि भनेर हामीले जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्रबहादुर आचार्यलाई प्रश्न गरेका थियौ। हाम्रो प्रश्नमा उनले  केन्द्रको खरिदद प्रक्रिया लामो हुने र खरिद गर्न समय लाग्ने हुँदा आयोगले नै पेपर खरिद गरेर दिने र हामीहरूले उहाँहरूले भने अनुसारको मतपत्र छपाइ गर्ने बताए।


प्रकाशित : आइतबार, फागुन २२ २०७८१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend