आइतबार, भदौ २३ गते २०८१    
images
images

निगमले पायो साउदी अरबको रियादमा उडान अनुमति

images
आइतबार, फागुन २२ २०७८
images
images
निगमले पायो साउदी अरबको रियादमा उडान अनुमति

नेपाल वायुसेवा निगमले साउदी अरब उडान गर्ने भएको छ। नेपाल वायुसेवा निगम व्यवस्थापन र साउदीबीच आइतबार सम्झौता भएको हो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले पहिलो पटक साउदी अरब उडान गर्ने भएको छ। नेपाल वायुसेवा निगम व्यवस्थापन र साउदीबीच आइतबार उडान बारे दुई पक्षीय सम्झौता भएको हो।

images
images
images

दुई पक्षबीच भएको सम्झाैता अनुसार अब निगमका जहाजले काठमाडाैंबाट साउदी अरबको रियादसम्म सिधा उडान भर्ने छ। वाइडबडी जहाज नेपाल भित्रिएसँगै निगमले साउदी उडानको प्रयास गर्दै आएको थियो। 

सम्झौतासँगै निगमले साउदी अरबमा वाइडबडी जहाज मार्फत उडान थाल्ने छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार साउदीमा निगमको एयरबस ३३० जहाज मार्फत साउदी उडान गर्ने जानकारी दिए। 

निगमले साउदीमा सम्झौता गरेसँगै वाइडबडी जहाजले उडान गर्ने नयाँ गन्तव्य थपिएको हो। निगमले केही दिनमै भाडादार, उडान संख्यालगायत विषयमा जानकारी गराउने जनाएको छ। 

images

नेपालबाट हजारौंको संख्यामा नेपालीहरु रोजगारीको खोजीमा साउदी गएका छन्। निगमले उडान थाल्ने भएपछि नेपाली कामदारहरुलाई जान आउन सहज हुने भएको छ। 


प्रकाशित : आइतबार, फागुन २२ २०७८११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend