शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

शिवम् सिमेन्टको सेयर मूल्य लगातार घट्दै, एक वर्षयताकै कम मूल्यमा आउने संकेत

images
आइतबार, फागुन २२ २०७८
images
शिवम् सिमेन्टको सेयर मूल्य लगातार घट्दै, एक वर्षयताकै कम मूल्यमा आउने संकेत
images
images

काठमाडौं- शिवम् सिमेन्टको सेयर मूल्य लगातार घटिरहेको छ। साताको पहिलो दिन पनि प्रतिकित्ता ८३ रुपैयाँले घटेको छ। आइतबार घटेर अन्तिम कारोबार १०८५ रुपैयाँ कायम भएको छ।

images
images
images

आएतबारमात्र नभएर केही समययता कम्पनीको सेयर मूल्य घटिरहेको छ। कम्पनीको सेयर मूल्य एक वर्षयताकै कम मूल्यमा आउने संकेत देखिएको छ। एक वर्ष अगाडि १०२७ रुपैयाँ सेयर मूल्य रहेको थियो।

images
images
shivam.PNG

सेयरधनीलाई कम्पनीले २९ प्रतिशत नगद लाभांश दिइसकेको छ। कम्पनीले हालसम्म सेयरधनीलाई बोनस सेयर दिएको छैन। चार वर्षको इतिहासमा हालसम्म १५ प्रतिशतभन्दा कम लाभांश दिएको छैन। 

images
images

कम्पनीले चुक्ता पुँजी बढाउन लागेको छ। जसमा हकप्रदको चर्चासमेत चलाइएको छ। अहिलेसम्म कम्पनीको हकप्रदको निर्णय भएको छैन। आइतबार कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ। आइतबार मात्रै १ लाख ३६ हजार कित्ता कारोबार हुदाँ १५ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

पछिल्लो ५२ हप्तामा अधिकतम १९१० रुपैयाँ पुगेको सेयर मूल्य न्यूनतम १०२७ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको ४ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने बजार मूल्यांकन ४७ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : आइतबार, फागुन २२ २०७८१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend