शनिबार, मंसिर ८ गते २०८१    
images
images

फेब्रुअरीमा पनि शीर्ष स्थानमा टाटा नेक्सन

images
आइतबार, फागुन २२ २०७८
images
images
फेब्रुअरीमा पनि शीर्ष स्थानमा टाटा नेक्सन

फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री गरेको हो।

images
images

काठमाडौं- सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयूभी भएको छ। टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयूभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो।

images
images
images

टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडी पार्दै आफू शीर्ष स्थानमा हुन सफल भएको थियो। टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो। फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री गरेको हो।

images

यो भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो। टाटाले सन् २०२१ को फेब्रुअरीमा ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो।

images

प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको एसय"भी हो। नेक्सनको बनावट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सब-फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित भएका कारण धेरैको रोजाइमा पर्न सफल छ। साथै, नेक्सन टाटा मोटर्सका निकै सुरक्षित कारहरु मध्ये पर्दछ ।

फेब्रुअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा रहेको हुन्डाई भेन्यु १० हजार २१२ वटा बिक्रि भएको हो। जुन भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो।

यसबाहेक फेब्रुअरीमा सबैभन्दा धेरै बिक्री हुने एसयूभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ। टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गर्यो। कम समयमै ग्राहकहरुको मन जितेर युवादेखि वृद्धसम्म सबैको रोजाईमा पर्दै आइरहेको यो एसयूभी सुरक्षाको मामिलामा फाइभ स्टार रेटिङ्ग पाउने उत्कृष्ट गाडीमा पर्न सफल भएको छ।

यसपछि पाँचौ स्थानमा परेको मारुती ब्रेजाले फेब्रुअरीमा ९ हजार २५६ वटा बिक्री गरेको छ। त्यस्तै, गत महिनामा मात्रै ६ हजार ५७५ वटा सेल्टस बिक्री गरेको किया सर्वाधिक बिक्री हुने सूचीको छैंटो स्थानमा परेको छ। सर्वाधिक बिक्री हुनेमध्ये सातौं स्थानमा कियाको सोनेट परेको छ। कियाको सोनेट ६ हजार १५४ वटा बिक्री भएको हो। सन् २०२१ को सोही महिनामा ७ हजार ९९७ वटा सोनेट बिक्री भएको तुलनामा यो २३ प्रतिशतले कम हो।

त्यसैगरी, आठौं र नवौं स्थानमा महिन्द्राको थार र एक्सयूभी-३०० परेको छ। कम्पनीले ५ हजार ७२ वटा थार र ४ हजार ५११ वटा एक्सयूभी-३०० बिक्री गर्यो। सन् २०२१ को सोही महिनाको तुलनामा थारको बिक्रीदर ७८.४ प्रतिशतले बढेको हो भने एक्सयूभी-३०० को बिक्रीदर ४२ प्रतिशतले बढेको छ। फेब्रुअरीमा सर्वाधिक बिक्री हुने दश गाडीको अन्तिममा अर्थात् दशौं स्थानमा महिन्द्राको एक्सयुभी-७०० परेको छ।

बिगतका केहि महिना लगातार टाटा मोटर्सले आफ्नो स्थान मजबुत गर्दै अन्य गाडीहरु पनि शीर्ष स्थानमा पुर्याउदै लगेको छ।


प्रकाशित : आइतबार, फागुन २२ २०७८१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend