आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

सुन आयातको कोटामा आधा कटौती, अब दैनिक १० किलोमात्र आयात गर्न पाइने

images
आइतबार, फागुन २२ २०७८
images
images
सुन आयातको कोटामा आधा कटौती, अब दैनिक १० किलोमात्र आयात गर्न पाइने

अबदेखि मुलुकमा दिनमा १० किलोमात्र सुन आयात गर्न पाइने भएको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ। पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि आयातमा कडाइ गर्दै आएको केन्द्रीय बैंकले दैनिक आयात कोटामा आधा कटौति गरिदिएको हो। 

images
images

राष्ट्र बैंकले दैनिक आयातको कोटा १० किलो कायम गरिदिएको छ। यसअघि दिनमा २० किलो सुन आयात गर्न पाइन्थ्यो। 

images
images

अबदेखि मुलुकमा दिनमा १० किलोमात्र सुन आयात गर्न पाइने भएको छ। 

images
images
images

चालु आर्थिक वर्षको पहिलो सात महिनामै २५ अर्बको सुन आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार यो वर्षको साउनदेखि माघसम्म २५ अर्ब बढीको सुन आयात भएको थियो। 

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि विभिन्न वस्तुको आयातमाथि कडाइ गर्दै आएको छ। यसअघि सरकारले चाँदी आयात रोक्न विदेशी विनिमयदेखि करसम्मका उपकरण परिचालन गरेको थियो। 

 


प्रकाशित : आइतबार, फागुन २२ २०७८०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend