बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २२ २०७८
images
images
बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन
images
images

काठमाडौं- बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ। मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो। 

images
images

बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले आज जनाएको छ।
 
कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचिपूर्वक अवलोकन गरी पश्मिना शल तथा हस्तकलाका सामान खरिद गरेका थिए। अन्य आगन्तुकहरूले पनि नेपाल उत्पादनको प्रशंसा गर्दै चिया, पश्मिनालगायत सामग्री खरिद गरेका थिए।

images
images

कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवर्द्धनात्मक सामग्री पनि प्रदान गरिएको थियो। रासस

images
images


प्रकाशित : आइतबार, फागुन २२ २०७८०९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend