आइतबार, असोज ६ गते २०८१    
images
images

रुस र युक्रेन तनावले सुनको मूल्यमा रेकर्ड, अझै बढ्न सक्ने

images
आइतबार, फागुन २२ २०७८
images
images
रुस र युक्रेन तनावले सुनको मूल्यमा रेकर्ड, अझै बढ्न सक्ने

द्वन्द्व चर्कदैँ गएमा सुनको मूल्य थप बढ्न सक्ने देखिएको छ।

images
images

काठमाडौं- रुस र युक्रेन तनावले विश्वभर सुनको मूल्य बढिरहेको छ। नेपालमा पनि आइतबार सुनको मूल्यले रेकर्ड तोडेको छ। सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ।

images
images
images

गत शुक्रबार छापावाल सुन तोलामा ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य आइतबार पनि ३५ रुपैयाँले बढेको छ। आइतबारका लागि चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। 

gold.PNG

‘पछिल्लो समय रुस र युक्रेनको युद्धले विश्वभरका लगानीकर्ता सुनमा केन्द्रित हुन थालेपछि मूल्य बढेको हो,’ सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने। विश्वभरको प्रभावले नेपालमा पनि सुनको मूल्य बढेको शाक्यले जानकारी दिए। ‘जब विश्वमा समस्या हुन्छ तब लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ केन्द्रित हुन्छन, सुन सुरक्षित लगानी हो,’ अध्यक्ष शाक्यले भने। 

images

द्वन्द्व चर्कदैँ गएमा सुनको मूल्य थप बढ्न सक्नेसमेत अध्यक्ष शाक्यले बताए।

एकसता अगाडि ९६ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य लगातार बढिरहेको छ। नेपालमा अहिले पनि दैनिक २० देखि २५ केजीसम्म सुनको कारोबार भइरहेको समेत शाक्यले बताए। सुनको मूल्य बढ्दा अन्यत्र खरिद बढे पनि नेपालमा भने सुस्ताएको समेत अध्यक्ष शाक्यले बताए।


प्रकाशित : आइतबार, फागुन २२ २०७८०६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend