शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

खाने तेलको मूल्य किन आकाशियो, यस्तो छ व्यवसायीको तर्क

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
खाने तेलको मूल्य किन आकाशियो, यस्तो छ व्यवसायीको तर्क

काठमाडौं- २०७६ चैत अर्थात कोभिडअघि प्रतिलिटर १ सय ६० देखि ७० रुपैयाँसम्म बजारमा खरिद गर्न पाइने खाने तेलको मूल्य बढेर २ सय ७० रुपैयाँसम्म पुगेको थियो।

तर, अहिले प्रतिलिटर २० देखि ३० रुपैयाँले घटेर  २ सय ४० देखि २ सय ५० रुपैयाँसम्म बिक्री भइरहेको छ। कोभिड अगाडि २ सय ३० देखि ४० रुपैयाँ बिक्री भइरहेको धारा तोरीको तेलको मुल्य बढेर ३ सय २८ रुपैयाँसम्म पुगेको थियो। अहिले लिटरमा केही घटेपनि फेरि दसैं तिहार नजिकिदैँ गर्दा तेलको मूल्य बढाउन थालेका छन्।

तेलको मूल्य बढेसँग नियमक निकाय उद्योग वाणिज्य तथा आपूर्ति संरक्षण विभागले समेत बजार अनुगमन थालेको छ। विभागले अनुगमन थालेसँगै व्यवसायीले मूल्य आफूहरुले नबढाई आयात गर्ने कच्चा पर्दाथको मूल्य बढेका कारण तेलको मूल्य बढेको दाबी गरेको छन्।

कच्ता तेलको मूल्य बढेका कारण मूल्य बढेको हो, व्यवसायीले विज्ञप्ती जारी गर्दै  भनेका छन्, ‘कच्चा तेल उत्पादन हुने देशहरुमा भएको भीषण सुख्खाको र  भूराजनीति विषका कारण तेलको मूल्य अस्वाभाविक रुपमा वृद्धि हुन गएको हो। जुन हालसम्मको ऐतिहासिक मूल्य वृद्धि नै रहेको छ।

संघले जारी गरेको विज्ञप्तिमा सन् २०२० को अप्रिलमा प्रति मेट्रिन कच्चा सोयाविन तेलको मूल्य ५ सय ८९ डलर र कच्चा सनफ्लावर तेलको मूल्य ७ सय ४ डलर रहेकोमा सन् २०२१ को मेमा आइपुग्दा क्रमश १ हजार ३ सय ६३ डलर र १ हजार ४ सय ९५ डलर पुगको छ। जसका कारण खाने तेलको मूल्य बढेको संघको दाबी छ।

कच्चा पर्दाथको मूल्य बीचमा घटेको समयमा तेलको मूल्य केही घटेपनि कच्चा पदार्थको मूल्य पुनः बढ्न थालेका कारण तेलको मूल्य बढेको संघको दाबी छ।

संघको दाबीः यसका कारण मूल्य बढ्यो

- खाने तेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मूल्यमा भएको दोब्बरभन्दा बढी वृद्धिका कारण गत वर्ष महशुल सरदर २० प्रति लिटर रहेकोमा हाल ४५ रुपैयाँभन्दा बढी भएको छ।

- कोभिड-१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मूल्यमा वृद्धि भएको तथा पहिलेभन्दा ढुवानीको समय दोब्बर हुन पुगेकोले अन्तर्राष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खाने तेलको मूल्यमा प्रतिलिटर सरदर २० देखी २५ सम्म  वृद्धिको असर गरेको हो।

- सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ।

- हालसम्म पनि चलन चल्तिको अन्तर्राष्ट्रिय मल्यू अनुसार नेपालको मूल्य अझै परिमार्जित हुन सकेको छैन।


प्रकाशित : बुधबार, भदौ ३० २०७८१४:२०
  • सम्बन्धित विषय:

  • # खाने तेल
  • # खाने तेलकाे मूल्य
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend