काठमाडौं- सुनको मूल्यले १ लाल नाघेको छ। आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजाार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन तोलामा ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। आइतबारका लागि चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ।