काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थलमा पनि क्यालिब्रेसन उडान गर्ने भएको छ।
भैरहवामा क्यालिब्रेसन उडान गर्न आएको एरोथाईको जहाजले आइतबार (आज) विराटनगर विमानस्थलको पनि क्यालिब्रेसन उडा गर्न लागेको हो।
क्यालिब्रेसन उडानसँगै २ घण्टा विमानस्थल बन्द हुने भएको छ। विहान ११ बजेबाट १ बजेसम्म विमानस्थलमा क्यालिब्रेसन उडान हुने भएको हो।
एरोथाईको जहाजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समेत क्यालिब्रेसन उडान गरेको थियो।