बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

तीन महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिए दुई लाख युवा, गत वर्षको भन्दा १५ प्रतिशतले बढी

शुक्रबार, कात्तिक २१ २०८२
तीन महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिए दुई लाख युवा, गत वर्षको भन्दा १५ प्रतिशतले बढी

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/०८३ को तीन महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या १५ प्रतिशतले बढेको छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा गरी २ लाख ७ सय १६ जना युवा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन्।

गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या १ लाख ७० हजार ५ सय ९३ थियो। आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा भने १ लाख ६२ हजार ४ सय ९४ जना युवा रोजगारीका लागि बाहिरिएका थिए।

विभागका अनुसार चालु आवकै असोजमा ६४ हजार ६ सय ३४ जना युवा रोजगारीका लागि विदेशिएका छन्। गत आवको असोजमा रोजगारीका लागि बाहिरिने युवाको संख्या ५३ हजार ५ सय २५ थियो।

विभागका अनुसार चालु आवको साउनमा ६८ हजार १ सय १० जना र भदौ महिनामा ६७ हजार ९ सय ७२ जना बाहिरिएका हुन्।


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२१६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend