शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

पर्यटनमन्त्रीदेखि सहसचिवसम्मले ढाँटे, राजीनामा गराउने प्रचार गराएर आइतबारको बैठकमा निम्तो

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २१ २०७८
images
images
पर्यटनमन्त्रीदेखि सहसचिवसम्मले ढाँटे, राजीनामा गराउने प्रचार गराएर आइतबारको बैठकमा निम्तो

मन्त्री आलेले सिफारिस भएकै दिन २०७८ फागुन ६ गते नियुक्तिसमेत दिएका थिए।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गम्भीर अपराधमा सजाय काटेको व्यक्तिलाई नेपाल पर्यटन बोर्ड सदस्यमा नियुक्ति दिएपनि राजिनामा गराउन निर्देशन दिएको बताउँदै आएका थिए। तर आइतबार हुने बोर्डको बैठकमा  लागूऔषध कारोबार र बैंक लुटपाटमा संलग्न भएर कैद भुक्तानसमेत गरेका विवादित टासी लामा भनेर चिनिने लिलाबहादुर तामाङलाई बैठकमा बोलाएका छन्।

images
images
images

यसअघि नेकपा एमाले निकट रहेका लामाले पर्यटनमन्त्री आलेलाई प्रभावमा पारेर नियुक्ति हात पारेका हुन्। विवादमा परेपछि मन्त्री देखि सिफारिस समितिका संयोजक समेतले राजिनामा गर्न लगाएको भन्दै प्रचार गरेका थिए। तर आइतबार हुने बोर्ड बैठकमा बोलाइएको छ। 

मन्त्री आलेले हतारहतार बोर्ड सदस्यमा नियुक्ति दिलाउन पर्यटन मन्त्रालयका सहसचिव होमनाथ लुइँटेलको संयोजकत्वमा पर्यटन व्यवसायी माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समिति गठन गरेका थियो।

images

समितिले पर्यटन व्यवसायी मदन कुमार आचार्य र लिला बहादुर तामाङलाई बोर्ड सदस्य बनाउन सिफारिस गरेको थियो। समितिलाई मन्त्री आले र पर्यटन बोर्डकै उपाध्यक्ष रिजालले नाम दिएका थिए। मन्त्री आलेले सिफारिस भएकै दिन २०७८ फागुन ६ गते नियुक्तिसमेत दिएका थिए।

images

सिफारिस समितिका संयोजक लुइँटेलले सिफारिस गर्दासम्म तामाङको विषयमा सूचना नपाएको र पछि सूचना पाएपछि नियुक्ति रोकेको दाबी सहसचिव लुइँटेलको थियो। लुइटेलले  नियुक्ति भने नभएको दाबी गरेका थिए। उनले मदन आचार्यलाई मात्रै नियुक्ति गरेको दाबी गरेका थिए। तर नियुक्ति भएको पत्रकै विवरण जानकारी गराएपछि उनले तामाङलाई राजीनामा दिन लगाएको भन्दै बोली फेरेका थिए। मन्त्री आलेले गत फागुन ६ गते नियुक्त गरेका थिए। 

काभ्रे जिल्लास्थित रोसी गाउँपालिका का स्थायी बासिन्दा रहेका लामा हाल भक्तपुरको सूर्यविनायकमा बस्दै आएका छन्। माओवादी द्वन्द्वकालमा बैंक लुटपाटको आरोपमा पक्राउ परि उनी जेल सजाय काटिरहेका थिए। जेलमै रहेका बेला उनी २० लाख रकम र लागू औषध १५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए। 

लामाले एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स, स्याकार कम्पनी, गुडविल फाइनान्सलगायत आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा लुटपाट गरेका थिए। लामाले लुटपाट घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार २०६२ सालदेखि जेलमा थिए। काठमाडौं जिल्ला अदालतले २०६२ मा १० वर्षको कैद सजायको फैसला गरेको थियो। 

लामाले जेलभित्रबाटै समेत ब्राउन सुगरको कारोबार गरेका थिए। जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफी सपबाट लागूऔषध ब्राउनसुगर, २० लाख रुपैयाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए। त्यसबेला लामाको साथबाट १५ ग्राम ब्राउन सुगर फेला परेको थियो। 

उनै लामालाई तत्कालीन एमालेका झलनाथ खनाल प्रधानमन्त्री रहँदा २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर आममाफी दिँदै जेलबाट छुटाइएको थियो।

 


प्रकाशित : शनिबार, फागुन २१ २०७८१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend