बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

हकप्रद दिनै लाग्दा पनि अपी पावरको सेयर मूल्य घट्दो ट्रेण्डमै, सोलारदेखि आधा दर्जन हाइड्रोमा लगानी

आइतबार, फागुन २२ २०७८
हकप्रद दिनै लाग्दा पनि अपी पावरको सेयर मूल्य घट्दो ट्रेण्डमै, सोलारदेखि आधा दर्जन हाइड्रोमा लगानी

काठमाडौं- हकहप्रद सेयर दिन लागेको अपी पावर सेयर लगानीकर्ताको आकर्षणमा पर्दै आएको कम्पनी हो। तर समग्र नेप्से परिसूचक भने घटिरहेको छ। जसको असरले अपी पावरको सेयर मूल्य पनि घटिरहेको छ। 

साताको अन्तिम दिन बिहीबार प्रतिकित्ता १८ रुपैयाँले घटेर ४८०.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। २ लाख ७० हजार कित्ता कारोबार हुदाँ बिहिबार १३ करोड १४ लाख रुपैयाँ बराबर किनबेच भएको थियाे। पछिल्लो ५२ हप्तामा अधिकतम ६७० रूपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम २७६ रूपैयाँमा कारोबार भएको छ। अपी पावर कम्पनीले १ करोड ८६ हजार कित्ता हकप्रद ल्याउन लागेको हो। 

api.PNG

अपीले दार्चुलाको चमेलिया नदीमा ४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउँदैछ। रन अफ द रिभरमा आधारित छुट्टै ८ मेगावाटको माथिल्लो नौगाढ जलविद्युत आयोजना र ८.५ मेगावटको तल्लो नौगढ जलविद्युत आयोजना गरी अपी पावरले कुल ५६.५ मेगावटका जलविद्युत आयोजनाहरु निर्माण गरिरहेको छ। 

कम्पनीले जलविद्युतबाहेक सौर्य ऊर्जा पनि उत्पादन गरिरहेको छ। सिमरामा १ मेगावट र पारवनीपुरमा ८ मेगावट सौर्य ऊर्जा उत्पादन प्रक्रियामा छन्। कम्पनीले ढल्केबरमा १ मेगावट र चन्द्रनिगाहपुरमा ४ मेगावट गरी कुल ५ मेगावट सौर्य ऊर्जा २०७८ सालदेखि उत्पादन गरिरहेको छ। 

कम्पनीले थप पुँजी जुटाउन ३९.३६ प्रतिशत हकप्रद पनि ल्याउन लागेको छ। कम्पनीको दोस्रो त्रैमाससम्म चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा २३ करोड २३ लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी  १०.३७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६ गुणा र नेटवर्थ १०८.४२ रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, फागुन २२ २०७८०१:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend