मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

काठमाडौंबाट कुन गन्तव्यको हवाई भाडा कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २१ २०७८
images
images
काठमाडौंबाट कुन गन्तव्यको हवाई भाडा कति?

टिकटको चापअनुसार वायुसेवा कम्पनीहरुले हवाई भाडा तय गरेका हुन्छन्।

images
images

काठमाडौं- वायुसेवा कम्पनीहरुले आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा बढाएका छन्। वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संघले इन्धन चार्ज शुल्क बढाएका छन्। योसँगै हवाई भाडा बढेको छ।

images
images
images

वायुसेवा कम्पनीहरुले अधिकतम लिन पाउने हवाई भाडा सरकारले नै स्वीकृत दिएको हुन्छ। तर अधिकांश उडानमा वायुसेवा कम्पनीहरुले अधिकत भाडा भने लिने गरेका छैनन्। टिकटको चापअनुसार वायुसेवा कम्पनीहरुले हवाई भाडा तय गरेका हुन्छन्।

images
images

हवाई भाडामा ३ वटा विषय जोडिएको हुन्छ। पहिलो हवाई फेयर, दास्रो इन्धन चार्ज र तेस्रो विमानस्थल सेवा शुल्क हो। विमानस्थल सेवा शुल्क भने सबै गन्तव्यका लागि २ सय रुपैयाँ तोकिएको छ। यी तिनवटै शीर्षकलाई जोडेर हवाई भाडा तय भएको हुन्छ। 

images
images
images

काठमाडौंबाट कुन गन्तव्यका अधिकतम हवाई भाडा कति? (रुपैयाँमा) 

माउन्टेन- १२,७३५

धनगढी- १४,३४०  

नेपालगञ्ज- ११,९२० 

सुर्खेत- १२,८३०

पोखरा- ५८२५

भरतपुर- ४११०

जनकपुर- ४८६५

भैरहवा- ७२६५

सिमरा- ३४६०

राजविराज- ७३५०

विराटनगर- ८६०५

भद्रपुर- ११०३५

तुम्लिङटार- ६९०५


प्रकाशित : शनिबार, फागुन २१ २०७८१०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend