आइतबार, असोज ६ गते २०८१    
images
images

सरकारी नीतिका कारण व्यवसायीले छोटो बाटो रोजे, औद्योगिकरण भएन: चन्द्र ढकाल

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २१ २०७८
images
images
सरकारी नीतिका कारण व्यवसायीले छोटो बाटो रोजे, औद्योगिकरण भएन: चन्द्र ढकाल

त्यसैले नयाँ बन्ने नीतिको दिगोपन तथा स्थिरताका लागि पनि निजी क्षेत्र र सम्बन्धित सरोकारवालाहरूसँग गहन छलफल गर्नुपर्ने उनले बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दीगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन्।

images
images
images

'मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सृजनाका लागि दीगो र स्थिर नीति जरुरी हुन्छ। हामीकहाँ छोटो छोटो समयमा नीतिहरू परिवर्तन भइरहँदा दीगो औद्योगिक विकासको साटो छोटो समयमा नाफा हुने खालका ट्रेडिङ व्यवसायमा व्यवसायीहरू लाग्ने गरेको देखिन्छ। यसले राज्य र व्यवसायी दुवैका लागि फाइदा पुगेको छैन,' उनले भने।

शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघको ६३औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नयाँ नीति तथा कानून बनाउँदा सम्बन्धित सरोकारवालासँग गहन छलफल गर्न आवश्यक रहेको बताएका छन्।

'अहिले सरसर्ति हेर्ने हो भने कुनै पनि व्यवसायमा नीतिगत स्थिरताको अभाव रहेको देखिन्छ। यसले गर्दा धेरै व्यवसायी साथीहरु आतंकित भएको जस्तो पनि देखिन्छ। केही समय पहिले नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्रीलाई राखेर एउटा छलफल कार्यक्रम गरेको थियो । त्यहाँ यो अस्थिर नीतिको कारण अर्थतन्त्रमा विभिन्न समस्या देखिएको कुरा आएका थिए,' उनले भने।

images

सरकारी राजश्व सङ्कलनमा निजी क्षेत्रको ठूलो भूमिका रहेका बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले नयाँ नीतिको प्रभावकारी कार्यान्वयनका लागि पनि नीति निर्माणमा निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने बताए।

'सरकारी राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी रहेको छ। यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ । यो धेरै नै महत्वपूर्ण छ। कतिपय नीतिहरू सम्बन्धित सरोकारवालाहरूसँग छलफल नै नगरी आउने गरेकाले यसले आम पब्लिकलाई पनि फाइदा पुगेको देखिदैन, व्यवसायीहरूको पनि अपनत्व हुँदैन र सरकारले पनि चाहेजस्तो प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको अवस्था रहेको छ,' उनले भने।

त्यसैले नयाँ बन्ने नीतिको दिगोपन तथा स्थिरताका लागि पनि निजी क्षेत्र र सम्बन्धित सरोकारवालाहरूसँग गहन छलफल गर्नुपर्ने उनले बताए।


प्रकाशित : शनिबार, फागुन २१ २०७८०९:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend