काठमाडौं- वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका छन्। वायुसेवा कम्पनीहरूको छाता संगठन वायु सेवा संघले इन्धनको मूल्य बढेसँगै इन्धन चार्ज शूल्क बढाएका हुन्। जसका कारण हवाई भाडा बढेको हो।
आयल निगमले बिहीबार मात्रै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीहरूले इन्धन चार्ज बढाएका हुन्।
कुन गन्तव्यको भाडा कति बढ्यो (रूपैयाँमा)
माउन्टेन उडान- ३४०
काठमाडौं-भद्रपुर- ३००
काठमाडौं-विराटनगर- २४०
काठमाडौं-जनकपुर- १३०
काठमाडौं-भरतपुर- १०५
काठमाडौं-पोखरा- १५५
काठमाडौं-भैरहवा-२०५
काठमाडौं-नेपालगञ्ज-३३०
काठमाडौं-धनगढी-४४५
काठमाडौं-तुम्लिङटार-१८०
काठमाडौं-सिमरा-९०
काठमाडौं-सुर्खेत-३४५
काठमाडौं-राजविराज-२०५
पोखरा-भरतपुर-११५
पोखरा-भैरहवा-१३०
पोखरा-सिमरा-२२५
पोखरा-नेपालगञ्ज-२४०
पोखरा-विराटनगर-३५५
पोखरा-माउन्टेन-३१५
विराटनगर-माउन्टेन-३२०
विराटनगर-तुम्लिङटार-१०५
भरतपुर-भैरहवा-१३०
विराटनगर-नेपालगञ्ज-५४०
विराटनगर-भैरहवा-३९५
नेपालगञ्ज-धनगढी-१६०
पोखरा-धनगढी-३४५
पोखरा-जनकपुर-२६५
पोखरा-भद्रपुर-४०५