शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

बुद्ध एयरले सुरु गर्‍यो पोखरा–जनकपुर उडान

images
शनिबार, फागुन २१ २०७८
images
images
बुद्ध एयरले सुरु गर्‍यो पोखरा–जनकपुर उडान

सुरुवाती उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल समेत सहभागी थिए।

images
images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा-जनकपुर उडान सुरु गरेको छ। बुद्ध एयरले शनिबार फागुन २१ गतेबाट उडान सुरु गरेको हो। बुद्ध एयरले पछिल्लो सयम पोखरालाई वेस बनाएर अन्तरसहर उडान गर्दै आएको छ।

images
images

सुरुवाती उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल समेत सहभागी थिए।

images
images

पोखराबाट १८ जना यात्रु तथा जनकपुरबाट १६ जना यात्रुले पोखरा-जनकपुरधाम-पोखरा ओहोरदोहर गरेको समेत एयरलाइन्सले जनाएको छ। पछिल्लो सयम बुद्ध एयरले पोखरालाई वेस बनाएर अन्तरसहर उडान गर्दै आएको छ।

images
images

बुद्धले अहिले पोखराबाट भैरहवा, नेपालगञ्ज, भरतपुर र सिमरामा उडान गर्दै आएको छ। आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओग्टन सफल एयरलाइन्स पनि बुद्ध एयर नै हो। बुद्ध एयरको बजार हिसा ५५ प्रतिशत भन्दा बढी छ।अहिले बुद्ध एयरसँग १६ वटा जहाज भएका छन्।

बुद्धले २१ वटा जहाज पुर्‍याउने उद्घोष गरिसकेको छ। बुद्धसँग अहिले  ११ वटा एटीआर-७२, ३ वटा एटीआर-४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन्। 

बुद्धले अहिले काठमाडौंलाई वेस बनाएर धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, भरतपुर, जनकपुर, राजविराज, सिमरा, तम्लिङटार, विराटनगर र भद्रपुरमा उडान गर्दै आएको छ।


प्रकाशित : शनिबार, फागुन २१ २०७८०८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend