शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

भारत प्रवेशमा पीसीआर नचाइने, विमानस्थल प्रवेशमा पीसीआर!

images
शुक्रबार, फागुन २० २०७८
images
images
भारत प्रवेशमा पीसीआर नचाइने, विमानस्थल प्रवेशमा पीसीआर!

अन्तर्राष्ट्रिय उडानमा जहिले पनि गन्तव्य मुलुकको नियम लागु हुने भएपनि नेपालले भने आफ्नै नियम लगाउँदै आएको छ।

images
images

काठमाडौं (फागुन,२०) - भारत सरकारले नेपालबाट हवाई मार्ग हुँदै आफ्नो देश प्रवेशमा पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको झन्डै २ साता भइसकेको छ। तर नेपाल सरकारले भने नेपालबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुसँग पीसीआर रिपोर्ट अनिवार्य गर्दै आएको छ।

images
images

तर नेपालबाट भारतको दिल्लीलगायतका गन्तव्यमा जाने यात्रुको हकमा भारत सरकारले खोप कार्डमात्रै भए पुग्ने निर्णय गरिसकेको छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने भारत जाने यात्रुसँग पनि पीसीआर रिपोर्ट माग्दै आएको छ।

images
images

विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेम नाथ ठाकुरकले भारतले के निर्णय गर्‍याेभन्दा पनि आफूहरुले  सरकारले विमानस्थल प्रवेशमा खोपकार्ड सहित पीसीआर रिपोर्ट अनिवार्य गरेको हुँदा सोही अनुसारको  निर्णय कार्यन्वयन गरेको बताए।

images
images

यस विषयमा आफूहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीमा समेत यो विषय जानकारी गराएको उनको भनाइ छ।

‘हामीलाई निर्णय गर्ने अधिकारी छैन,’ ठाकुरले भने, ‘सरकारले भारत सरकारले जस्तै निर्णय गरेपछि मात्रै   अनिर्वाय पीसीआर रिपोर्ट खारेज हुन्छ। सरकारबाट निर्णय नहुँदासम्म यो विषयमा हामीले केही गर्न मिल्दैन।’

अन्तर्राष्ट्रिय उडानमा जहिले पनि गन्तव्य मुलुकको नियम लागु हुने भएपनि नेपालले भने आफ्नै नियम लगाउँदै आएको छ। जसका कारण यात्रुलाई आर्थिक भार परिरहेको छ भने यात्रुले सास्ती समेत भोग्न परेको एक व्यवसायीले बताए।

अहिले नेपालबाट भारतको दिल्ली, मुम्बई र बैंलोरमा उडान हुँदै आएको छ। नेपाल एयरलाइन्स, एयर इन्डिया, भिस्तारा, इन्डिगोले उडान गर्दै आएका छन्।


प्रकाशित : शुक्रबार, फागुन २० २०७८१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend