शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नबिल र एनबी बैंकको एकीकृत कारोबार कहिलेदेखि खुल्छ? यस्तो छ उत्कृष्टको ताज बचाउने नबिलको तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २१ २०७८
images
नबिल र एनबी बैंकको एकीकृत कारोबार कहिलेदेखि खुल्छ? यस्तो छ उत्कृष्टको ताज बचाउने नबिलको तयारी
images
images

काठमाडौं- नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सहमति दिएसँगै अब समस्या नआएमा साउनदेखि संयुक्त कारोबार हुनेछ। 

images
images
images

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले नबिल बैंकले बंगलादेश बैंकलाई गाभ्न अनुमति दिने निर्णय गरेसँगै दुई बैंकबीच एक्विजिसनमा जान बाटो खुलेसँगै अब एकीकृत कारोबार गर्ने छन्। नबिल बैंकले नाफासँगै लगानीकर्तालाई दिने लाभांशका कारण प्रत्येक वर्ष एक नम्बरको ताज लिँदै आएको छ। 

images
images

ताज बचाइराख्ने दबाबमा रहेको बैंंकले पुस अन्तिम साता नेपाल बंगलादेश बैंक (एनबी) लाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ। सेयर आदानप्रदान अनुपात एक सय कित्ता बराबर ४३ कित्ता हुने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। 

images
images

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तीपश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३ सय अर्ब, निक्षेप रकम ३ सय १४ अर्ब हुनेछ। गैरकोषमा आधारित व्यवसायको आकार १ सय ३० अर्ब माथि हुनेछ। शाखा संजाल तत्कालै २ सय ३५ पुग्नेछन्। ग्राहक संख्या १६ लाख माथि हुनेछ।  

ग्लोबल आईएमई बैंक लिमिटेडले नाफामा नबिल र एनआईसी एसियालाई उछिनेको छ। ६ महिना विवरणमा ग्लोबल आइएमई बैंकले नबिल र एनआईसी बैंकलाई पनि पछि पारेको थियो। नबिल बैंकलाई नाफामा अडिन कठिन हुनसक्छ। यता लाभांशको कोणबाट आजसम्म नबिल बैंकलाई टक्कर दिन कुनै बैंकले सकेका छैनन्। 

नबिल बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशत बढी हो।

बैंकको पुसमसान्तसम्म खुद ब्याज आम्दानी ३५.१३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ०.५१ प्रतिशत बढेको छ। ६ महिना अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ।

बैंकको नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको थियो। प्रतिसेयर आम्दानी २९.९९ रुपैयाँबाट घटेर २३.५९ रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ रहेको छ।


प्रकाशित : शनिबार, फागुन २१ २०७८०१:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend