बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेशनल लाइफ इन्स्योरेन्सको सेयर सस्तो मूल्यमा किन्ने अवसर, कति मूल्य तोकियो ?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २० २०७८
नेशनल लाइफ इन्स्योरेन्सको सेयर सस्तो मूल्यमा किन्ने अवसर, कति मूल्य तोकियो ?

काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले शुक्रवार कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् बुधवार कायम अन्तिम सेयरमूल्य  १ हजार २० को आधारमा १९ प्रतिशत बोनस सेयरपछिको मूल्य ८५७.१४ तोकेको हो।

कम्पनीको पछिल्लो ५२ हप्तामा १३४६ रुपैयाँसम्म अधिकतम कारोबार भएको थियो। भने न्युनतम ७८० रुपैयाँ रहेको थियो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । भने बजार पुँजीकरण ३४ अर्ब रुपैयाँ पुगेको छ। 


कम्पनीले यस वर्ष सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको छ। सभा कम्पनीको केन्द्रीय भवन लाजिम्पाटमा बिहान १०ः३० बजे शुरु गर्ने जानकारी गराएको हो।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन २२ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो। 


प्रकाशित : शुक्रबार, फागुन २० २०७८११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend