आइतबार, असोज ६ गते २०८१    
images
images

उपत्यकामा हट्यो कोभिड प्रतिबन्धात्मक व्यवस्था 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २० २०७८
images
images
उपत्यकामा हट्यो कोभिड प्रतिबन्धात्मक व्यवस्था 

आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

images
images

काठमाडौं- कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ । 

images
images
images

पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन उक्त आदेशमा भनिएको छ । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।
 
ती प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ सङ्क्रमण जोखिम  नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।

तीनै जिल्लाका प्रशासन कार्यालयले सङ्क्रमणको कठिन समयमा आदेशको पालना गरी सङ्क्रमण रोकथाममा सहयोग गरेकामा सबैलाई धन्यवाद पनि दिएको छ । रासस


प्रकाशित : शुक्रबार, फागुन २० २०७८११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend