बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

 इमर्जिङ्ग नेपालको सुरुवाती कारोबार रकम तोकियो, सेयरधनीले पहिलो दिनमै कति कमाउलान्?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २० २०७८
 इमर्जिङ्ग नेपालको सुरुवाती कारोबार रकम तोकियो, सेयरधनीले पहिलो दिनमै कति कमाउलान्?

यसमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्। कम्पनीको आईपीओमा २३ लाख २८ हजार ७०६ जना योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयरको लागि आवेदन गरेको थियो। 

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले इमर्जिङ्ग नेपालको सुरुवाति कारोबार रकम तोकेको छ। नेप्सेले न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतम ३१५.३३ रुपैयाँको ‌ओपनिङ रेन्ज पाएको हो। यसको अर्थ इमर्जिङ्ग नेपालका प्राथमिक सेयरधनीहरूका पहिलो दिनमै ३ हजार १ सय ५२ रुपैयाँसम्म कमाउने देखिएको छ।

यदि अधिकतम रेञ्जमा कारोबार भयो भने लगानीकर्ताले पहिलो दिनमै ३ हजार १ सय ५२ रुपैयाँ कमाउने छन्। पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्। कम्पनीको आर्थिक वर्ष ०७७/७८ को वास्तविक नेटवर्थ १०५.११ रुपैयाँ छ।  कम्पनीको आर्थिक  वर्ष ०७६/७७ मा १०३‍.१० रहेको  थियो। भने आगामी वर्ष १०६.३७ हुने प्रक्षेपण समेत गरेको छ। 

नियमअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि स्पेसल प्रि ओपनिङ सेसनमा सो रेञ्जभित्रै कारोबार हुनुपर्छ। त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर कारोबार सुरु हुन्छ। कम्पनीमा नेपाल सरकार सहित ठूला व्यापारिक घरनाको समेत लगानी रहेकोले सेयर मूल्य माथिनै जाने अनुमान समेत गरिएको छ।  
 
इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ)  ५१ हजार ६ सय ७० जनाले मात्रै न्यूनतम १० कित्ताको दरले सेयर पाएका छन्। यसमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्। कम्पनीको आईपीओमा २३ लाख २८ हजार ७०६ जना योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयरको लागि आवेदन गरेको थियो। 

कम्पनीले कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्कासन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो।


प्रकाशित : शुक्रबार, फागुन २० २०७८१०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend