आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

हवाई इन्धनमा धेरै नाफा लिएर यात्रा महँगो नबनाउन वायुसेवा सञ्चालकको आग्रह 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २० २०७८
images
images
हवाई इन्धनमा धेरै नाफा लिएर यात्रा महँगो नबनाउन वायुसेवा सञ्चालकको आग्रह 

यसअघि हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ भन्दा धेरै नाफा नराख्ने सहमति भएको थियो।

images
images

काठमाडौं- वायुसेवा सञ्चालकहरूले नेपाल आयल निगमलाई हवाई इन्धनमा अधिक नाफा नलिन आग्रह गरेका छन्। 

images
images

निजी क्षेत्रका वायुसेवा सञ्चालकहरूको संघले नेपाल आयल निगमलाई एक पत्र लेख्दै सहमति विपरीत इन्धनमा नाफा नराख्न आग्रह गरेको छ। 

images
images

यसअघि हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ भन्दा धेरै नाफा नराख्ने सहमति भएको थियो। तर अहिले निगमले  २३ रुपैयाँ पुर्‍याएको छ। 'यो पूर्वसहमति विपरीत छ। नाफा धेरै लिएर यात्रुको ढाड सेक्ने काम कसैले पनि नगरौँ' निगमलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ। 

images
images
images

वायुसेवा सञ्चालक संघले हवाई यात्रालाई  विलासी वर्गमा राखिएकोमा पनि आपत्ति जनाएको छ। नेपालका सबै ठाउँमा सडक सञ्जाल विस्तार नभएको, सडक भएको ठाउँमा पनि अवरोध रहित यातायात सुनिश्चित नभएकाले न्यून आय भएकाहरू पनि हवाइ यात्रा गरिरहेको सन्दर्भमा यसलाई अत्यावश्यक यातायात मान्नुपर्ने संघले माग गरेको छ।  

इन्धनको मूल्य बढेपछि भाडा पनि बढ्ने र यसले गर्दा न्यून आय भएकाहरू फेरि हवाइ यात्राबाट बञ्चित हुने खतरा रहेको संघले बताएको छ। 

 


प्रकाशित : शुक्रबार, फागुन २० २०७८०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend