बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

पाँचपोखरी : यात्राको कठिनाइ भुलाउने गन्तव्य [तस्बिरहरु]

बिहीबार , कात्तिक १३ २०८२
पाँचपोखरी : यात्राको कठिनाइ भुलाउने गन्तव्य [तस्बिरहरु]

समुद्र सतहदेखि करिब ४,१५० मिटर उचाइमा रहेको पाँचपोखरी छोटो तर मनमोहक यात्रा हो। यहाँ चार दिनमै पुग्न सकिन्छ।

सिन्धुपाल्चोकमा अवस्थित पाँचपोखरी काठमाडौं नजिकको आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्य हो। पछिल्लो समय यहाँ घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ। दसैँ र तिहार बिदामा यो संख्या अझ बढी हुन्छ।

समुद्र सतहदेखि करिब ४,१५० मिटर उचाइमा रहेको पाँचपोखरी छोटो तर रोमाञ्चक यात्रा हो। यहाँ चार दिनमै पुग्न सकिन्छ।

पाँचवटा पोखरी भएकाले यस स्थानको नाम पाँचपोखरी परेको हो। यहाँबाट जुगल हिमाल, दोर्जे ल्हाक्पा, फुरबी छ्याचु र माडिया हिमशृंखला नजिकै देखिन्छ। यात्राक्रममा तामाङ समुदायको संस्कृति र जीवनशैली अनुभव गर्न सकिन्छ।

प्रत्येक वर्ष जनैपूर्णिमामा सयौँ तीर्थयात्री यहाँ पुग्छन्। पाँचपोखरी इन्द्रावती नदीको उद्गमस्थल पनि मानिन्छ।

पाँचपोखरी दुई मार्गबाट पुग्न सकिन्छ। पहिलो चौतारा हुँदै सानो ओखरेनीबाट र दोस्रो बाटो मेलम्ची हुँदै भोटाङबाट। भोटाङ हुँदै जाने बाटो सबैभन्दा सजिलो मानिन्छ।

12.jpg

तर पदयात्रा सजिलो छैन। ठाडो उकालो र सीमित सुविधा भएकाले राम्रो तयारी आवश्यक हुन्छ। दोस्रो र तेस्रो दिनको यात्रा धेरै कठिन हुन्छ।

2.jpg

कसरी पुग्ने?

पहिलो दिन काठमाडौंबाट छिम्ती पुग्ने, करिब ४ घण्टाको बस यात्रा। छिम्तीबाट करिब ४ घण्टा हिँडेर टुप्पी डाँडामा बास बस्न सकिन्छ। दोस्रो दिन टुप्पी डाँडाबाट करिब ८ देखि ९ घण्टा पैदल यात्रा गर्न सकिन्छ। यो सबैभन्दा कठिन भाग हो।

11.jpg

तेस्रो दिन करिब एक घण्टा हिँडेर भ्यू पोइन्ट पुग्ने, ताल र हिमाल अवलोकन गरी साँझ छिम्ती फर्केर बस्न सकिन्छ। चौथो दिनमा छिम्तीबाट काठमाडौं फर्किन सकिन्छ।

करिब सात हजार रूपैयाँजति खर्चमा सम्पूर्ण यात्रा पूरा गर्न सकिन्छ।

10.jpg

9.jpg

8.jpg

6.jpg

4.jpg

3.jpg

5.jpg

1.jpg


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend