आइतबार, भदौ २३ गते २०८१    
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति

चार अर्बको एप्रोन र समानान्तर ट्याक्सी वे निर्माणको टेन्डर रद्द 

images
शुक्रबार, फागुन २० २०७८
images
images
चार अर्बको एप्रोन र समानान्तर ट्याक्सी वे निर्माणको टेन्डर रद्द 

कम रकम कबुल गर्ने पहिलो र दोस्रो कम्पनी कालोसूचीमा, तेस्रोको पनि डकुमेन्ट पुगेन

images
images

काठमाडौं-  नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको विमानस्थल सुधार आयोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण हुन लागेको एप्रोन र समानान्तर ट्याक्सी वे निर्माणको टेन्डर रद्द गरेको छ। आयोजनाका इन्जिनियर दिपेन्द्र श्रेष्ठले ठेक्का रद्द भएको जानकारी दिए।

images
images
images

२०२० डिसेम्बरमा भएको टेन्डर अन्तिम चरण पुगेपछि रद्द गरिएको हो। टेन्डर २०२१ को फेब्रुअरीमा खोलिएको थियो। टेन्डरमा सहभागी कम्पनीको मूल्यांकन सकेर आयोजनाले लगानीकर्ता एसियाली विकास बैंक एडीबीको अनुमतिमा अगस्ट ९ मा प्राविधिक रुपमा ३ वटा कम्पनीलाई सर्ट लिस्ट गरेको थियो।

सर्टलिस्ट भएका कम्पनीहरू बीचको आर्थिक प्रस्ताव आयोजनाले १६ अगस्टमा खोलेको थियो। आर्थिक प्रस्तावमा सबैभन्दा कम रकममा काम गर्ने कबुलसहित अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम गरिरहेको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप/ चाइना हावर इन्जिनियरिङ कन्स्ट्रक्सनले आर्थिक प्रस्ताव गरेको थियो।

कम्पनीले ४ अर्ब १ करोड रुपैयाँमा काम गर्ने प्रस्ताव गरेको थियो। साथै सोही कामका लागि दोस्रो कम रकम कबुल गर्नेमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल  निर्माणको काम गरिरहेको कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी (सीएएमसीई)  थियो।

images

यो कम्पनीले ४ अर्ब १० करोड रुपैयाँमा काम गर्ने गरी आर्थिक प्रस्ताव गरेको थियो। कम्पनीलाई पनि लगानीकर्ता एसियाली विकास बैंक एडिबीले कालोसूचीमा राखेको कारण काममा सहभागी हुन नपाउने भएको थियो।

tender.JPG

एडीबीले पहिलो र दोस्रो नम्बरमा रहेका दुबै कम्पनीलाई काम गर्न नदिनु भन्दै पत्र गरेपछि टेन्डर नै रद्द गरिएको हो।  दुई वटा कम्पनी अयोग्य भएपछि तेस्रो नम्बरमा रहेको कम्पनीले ठेक्का पाउनु पर्ने भए पनि उक्त कम्पनीको पनि आवश्यक कागजपत्र नपुगेपछि ठेक्का नै रद्द गरिएको प्राधिकरणको भनाइ छ।

तेस्रो नम्बरमा चाइना ओभर्सिस इन्जिनियरिङ ग्रुप कम्पनीले ४ अर्ब ५८ करोड रुपैयाँमा काम गर्ने गरी आर्थिक प्रस्ताव गरेको थियो।
तेस्रो कम्पनीलेको बैंक ग्यारेन्टी नवीकरण नभएको कारण उसले पनि ठेक्का नपाउने भएको थियो।

यो ठेक्का रद्द भएसँगै उक्त काममा फेरि केही समय ढिला सुस्ती हुने भएको छ। साथै लागत पनि बढ्ने छ।


प्रकाशित : शुक्रबार, फागुन २० २०७८०८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend